Jun 10, 2023
बुटवल । नेपालमा थप ३७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशभर पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ५०५ र एन्टिजेन विधिबाट २ हजार ६४४ जनामा परिक्षण गर्दा ३७७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १७ हजार ६७२ र एन्टिजेनबाट ९५ हजार १७४ जना पुगेको छ ।
यस्तै, नेपालमा थप १७० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार ७१४ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४८२ पुगेको छ ।
प्रतिकृया दिनुहोस्