२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका किसानलाई उन्नत जातको गहुँ र आलुको बीउ वितरण सुरु गरेको छ । नगरपालिकाले आज आयोजना गरेको बीउ वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजपातिले गहुँ र आलुको उन्नत जातको बीउवितरण गरे । प्राथमिकताका आधारमा गहुँ लगाउने किसानलाई एक पाथी गहुँको बीउ र आलु रोप्ने किसानलाई पाँच किलो आलुको बीउ वितरण गरिएको हो ।

नगर प्रमुख प्रजापतिले गहुँबालीका लागि रासायनिक मलको अभाव हुन नदिन नगरपालिकाले मलको सिफारिस दिन सुरु गरेको बताए । उनले उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहित गर्ने हेतुले नगरपालिकाले उन्नत जातका बीउबिजनको वितरण गर्दै आइरहेको बताए । प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आधुनिक प्रविधिको प्रयोग गरी कुहिने वस्तुलाई कम्पोष्ट मल बनाइ सस्तोमा किसानलाई बिक्रीवितरण गर्न तयारी गरेको बताए । नगरपालिकाले १ र १० वडाका किसानलाई आज बीउवितरण गरेको छ । नगरभित्रका सबै वडाका किसानलाई पाँच किलो गहुँ र पाँच किलो आलुको बीउवितरण गर्ने अभियान सञ्चालन गरेको छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ