२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

Advertisement

काबुल । यही अगस्टमा पुरानो सत्ता ढालेर नयाँ सरकार गठन गरेकाे तालिबान समूहले महिला र पुरुषलाई बराबर अधिकार दिने बताएको थियो । तालिबानले महिलालाई अधिकार र थप सुरक्षा प्रदान गर्ने जनाए पनि त्यो ‘एकादेशको कथा’ भएको छ । बरु, तालिवान सत्तामा पुगेपछि  महिलामाथि शृंखलाबद्ध बर्बर हिंसा भएका छन् । युवतीहरूलाई विद्यालय जान रोक लगाइएको छ । तालिवानले सत्तापलट गर्दा घरमै बस्न भनेका महिला कर्मचारी अझै पनि कार्यलयमा फर्किन पाएका छैनन् । सरकारमा महिला सहभागीता शून्य छ । उनीहरुको बोली र व्यावहारमा तालमेल हुन सकेको छैन् । 

एक पछिल्लो घटनामा अफगान किशोरीलाई तालिबान कमान्डरले निर्घात कुटेका छन् । किशोरीले यौन सम्पर्क गर्न अस्वीकार गरेपछि तालिवानले कुटेका हुन् ।  सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा भिडियोमा किशोरीको शरीरमा निलडाम र चोट देख्न सकिन्छ । हेरात प्रान्तमा सो घटना भएको हो । ट्विटरमा सेयर गरिएको एउटा भिडियोमा कमान्डरले कुटेपछि ती किशोरी चिच्चाएकी देखिन्छन् । किशोरीको पिँठ्यु, खुट्टालगायत शरीरका अन्य अंगमा चोट लागेको छ । तर, तालिवानले यी सबै आरोप अस्वीकार गरेको छ । किशोरी बलात्कारमा कमान्डरको कुनै संलग्नता नरहेको तालिवानले दाबी गरेका छन् । 

गृहमन्त्रालयले सो घटनामा संलग्न रहेको आशंकामा एक किशोर र किशोरीलाई सार्वज्निक गरेको छ । तालिवानले घटनालाई अन्यत्रै मोड्न खोजेको स्थानीयले आरोप लगाएका छन् । तालिबानले आफ्ना कमान्डरको लाज छोप्न र विषयलाई तोडमोड गर्न त्यस्तै प्रकृतिको अर्को भिडियो बनाएको स्थानीयले बताएका छन् । तालिवानले सार्वजनिक गरेको भिडियोमा देखिएकी किशोरी वास्तविक पीडित नभएको जनाइएको छ । 

‘काबुलको १२ औं जिल्लामा आफूमाथि बलात्कारको आरोप लगाउने किशोरीलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको छ,’ तालिबानका उपप्रवत्ता इनामुल्लाह समनगानीले भने ।-एजेन्सी
 

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ