१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

गुल्मी । पछिल्लो समय रेसुंगा क्षेत्रको भौतिक विकासमा नयाँ आशा पलाएको छ । रेसुंगा पोखरीसम्मको सडक कालोपत्रेको काम भइरहेको छ । पोखरीदेखि यज्ञशाला हुँदै भ्यु टावरसम्म आधुनिक र आकर्षक सिँढी निर्माण गरिएको छ । यज्ञशाला, पोखरी र सानो रेसुंगामा थुप्रै महत्वपूर्ण संरचना निर्माण भएका छन् । 

Advertisement

गतवर्षदेखि पोखरी क्षेत्रमा संचालन भएको सुविधा सम्पन्न पौवा रिर्सोटले रेसुंगामा पर्यटकको संख्यामा वृद्धि भएको छ । भर्खरै रेसुंगाकै गर्जुरामा आकर्षक पर्यटकीय पार्कको शिलन्यास भएको छ । पाँच करोड ५९ लाख ५३ हजारको लागतमा तम्घास र रेसुंगाको बीचमा ‘गर्जुरा रेसुङ्गा पर्यटन पार्क’ निर्माण हुनेछ ।

तीन दशमलव ९६ हेक्टर क्षेत्रफलमा गर्जुरा पर्यटकीय पार्क निर्माण गरिने रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । पार्क क्षेत्रभित्र भ्युटावर, भिरमा पिङ्ग, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पोर्ट, भलिबल र ब्याडमिन्टन मैदान, शौचालय र टिकट काउन्टर निर्माण गरिने मरासिनीले बताए । 

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा पर्यटकीय पार्क बन्न लागेको हो । पार्क निर्माणको लागि नागरिक उडड्ययन मन्त्रालयको ७० प्रतिशत र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत लगानी छ । पर्यटकीय पार्कको धुलिखेल, अर्जुन न्यू लिजा जेभी तम्घास गुल्मीले निर्माणको जिम्मा लिएको नगरपालिकका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए । सम्झौताअनुसार निर्माण कम्पनीले २०७९ साल फागुन ३० गते काम  सम्पन्न गर्नुपर्नेछ । 

पार्कको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले शिलान्यास गरे । पार्क शिलान्यास गर्दै मेयर भुसालले आफूहरू निर्वाचित भएपछि प्राथमिकता दिएका कृषि, पर्यटन र खानेपानीको क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल गरेको बताए ।

उनले मझेङ बृहत खानेपानीसहित, लिफ्ट र डिब बोरिङमार्फत नगरवासीको खानेपानी समस्या समाधानदेखि कृषकलाई अनुदान, उत्पादनको बजारीकरण, बिउ, मल र औजारमा सहुलितको काम गरिएको बताए । त्यस्तै पर्यटन विकासको लागि गर्जुरा पार्क, रेसुंगा, अर्जुन, उनायचौरसहित वडाहरूमा थुप्रै भौतिक संरचना निर्माणको काम गरिएको भुसालको भनाइ छ । 

प्रतिकृया दिनुहोस्

Flash News

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन