ताजा अपडेट »

बिहानैदेखि बुटवलमा बन्दको प्रभाव (फोटो फिचर)

मंगलबार, ३० कार्तिक २०७८, ०७ : १२
30 Shares

बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव बुटवलमा बिहानैदेखि परेको छ।सरकारले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य बढाएको बिरोधमा बन्द आव्हन गरेको हो ।

बुटवल क्षेत्रका सबैजसो सडकहरु सुनसान रहेका छन् । निजि सवारी साधन पनि छिटफुट मात्रामा चलेका छन् भने सार्वजनिक कुनै सवारी साधन चलेका छैनन् ।छोटो तथा लामो दुरीका कुनैपनि सवारी साधनहरु चल्न सकेका छैनन् । बसपार्कमा बसहरु पनि न्युन मात्रामा रहेका छन् । चोक चोकमा सुरक्षाकर्मि परिचालन गरिएको छ ।तथापी बन्दकर्ताहरु भने सडकमा देखिएका छैनन।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले कुनै अप्रिय घटना हुन नदिन पूणर् व्यवस्थापन भईरहेको जानकारी दिए।यता अत्यवश्यक बस्तु मानिएका पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता माग राखिएकाले जनताले बन्द सफल पार्ने पार्टीले बताएको छ । जनताका मागकै आधारमा बन्द आव्हान गरिएको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।