१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

बैतडी ।  सदरमुकामस्थित गढीदेखि गोठलापानीसम्म कालोपत्रे गरिएको सडक ठाउँठाउँमा भक्तिएपछि पुनः निर्माण कार्य थालिएको छ । चार करोड ३१ लाख रकमको सम्झौतामा के एस कन्सट्रक्सन धनगढीले कालोपत्रे गरेको उक्त सडक अहिले पुनर्निर्माण गरिएको हो । 

Advertisement

कालोपत्रेको काम सकिन लागेको र सडक बत्ती राख्ने तथा पेन्टिङ गर्ने कार्य बाँकी रहेको ठेकेदार पदम गाउँलेले बताए ।  ‘हामीले तीव्र गतिमा पुनर्निर्माण कार्यअघि बढाएका छौँ । अबको एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर सहरी विकास कार्यालय र दशरथचन्द नगरपालिकालाई बुझाउन आतुर छौँ’, उनले भने, ‘यसअघि निर्माण गर्दा मौसमको प्रतिकुलताले समस्या भएको थियो । अहिले परिपक्क ढंगले निर्माण भएको छ । सडक सोलार बत्ती र पेण्टीङ लगायतको केही काम बाँकी थियो । अहिले सबै सम्पन्न गरेर सम्बन्धित् निकायलाई हस्तान्तरण गर्ने तयारीमा छौँ ।’

एक वर्ष लगाएर बनाएको सडक ६ महिनामै भत्किएकाले अब बलियोसँग बनाउनुपर्ने नागरिक समाजका अगुवा धनिराम लोहारले बताए । उनले भने, ‘यो सडक प्रयोग गरेर सुविधा होला भन्दा पनि आफ्ना मान्छेलाई रोजगारी दिन वा आफूनिकट ठेकेदारलाई ठेक्का पारेर कमिसन खान योजना हाले जस्तो लाग्छ । नत्र कुनै पनि ठेकेदारले निर्माण गरेपनि परिपक्क निर्माण हुनै सकेको छैन ।’

गढी–गोठलापानीको मुख्य सडक निर्माणको काम कमसल ढंगले भएको भन्दै सरोकारवाला निकायलाई घचघच्याएपछि पुनः काम सञ्चालन गरिएको प्रदेश सांसद लिलाधर भट्टले बताए  । सडक निर्माण कार्य अलपत्र छाडेको ठेकेदार कम्पनी र निर्माणको जिम्मा दिने कार्यालयलाई पुनः काम सञ्चालन गर्न बाध्य गराएपछि निर्माणको काम थालिएको उनले बताए ।-सीपी लोहिया/न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन