२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

Print

ओखलढुंगा । ओखलढुंगाकाे चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार जना यात्रुकाे दुर्घटनामा ज्यान गएकाे छ । सुनकाेसी गाउँपालिका-९ कटुञ्जेमा भएकाे दुर्घटनामा उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे हाे । 

Advertisement

क्षमताभन्दा बढि यात्रु बाेकेकाे प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको  थियाे । मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी गाेविन्द काफ्लेका अनुसार तीन जनाकाे घटनास्थल र एक जनाकाे उद्धार गरेर उपचारका लागि लैजाने क्रममा ज्यान गएकाे हाे । गम्भीर घाइते चार जनालाई हेलिकाेप्टरबाट काठमाण्डाैं पठाइएकाे छ । अन्य नाै जनाकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे छ । 

दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सिद्धिचरण नगरपालिका १० रुप्सेका रहेका छन् । दुर्घटनामा  १७ वर्षीया तुलसा मगर, ३५ वर्षीया मिठुमाया मगर,  ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर छन् । अन्य एक जनाकाे समेत ज्यान गएकाे बताइए पनि पहिचान हुन सकेकाे छैन । 

एकै गाउँका मिलेर मन्दिरमा दर्शन गर्न गएका थिए । दुर्घटनमा एकै गाउँका चारकाे मृत्यु  र दर्जन बढि घाइते भए पछि गाउँ नै शाेकमा डुबेकाे छ । गाउँका मान्छे यति धेरै दुर्घटनामा परेकाले आफन्त र छरछिमेक सबै शाेकमा डुबेकाे सिद्धिचरण- १० का वडा अध्यक्ष दामाेदर धमलाले बताए । 

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका