१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

पर्वत । हरिबोधनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौँको सङ्ख्यामा भक्तजनको भीड लागेको छ । मोदीखोला र कालीगण्डकी नदीको सङ्गममा पर्ने पर्वतको मोदीवेणी धाम, जैमिनी घाट, विश्वकै ठूलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको शालिग्रामस्थित सेतीवेणी, गोपाङघाट, पुर्तिघाट, जैमिनीघाटलगायतका स्थानमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

स्नान गर्नका लागि पर्वतका साथै बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा र भैरहवा तथा भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु झक्तजन आएका छन् । उक्त स्थानमा मेलासमेत लागेको छ ।कालीगण्डकीमा स्नान गरी भगवान् विष्णुको अवतार मानिने शालग्रामको पूजा गरेमा पुण्य प्राप्त हुने विश्वासमा झक्तजन निराहार व्रतबसी स्नान गर्ने चलन छ । हरिशयनी एकादशीदेखि चौमास व्रत बसेकाले पनि आज कालीगण्डकी नदीका विभिन्न स्थानमा तोरन टाँग्ने प्रचलन छ । कालीगण्डकीमा तोरन टाँग्नका लागि विभिन्न जिल्लाबाट बाजागाजा र भजनकीर्तनसहित हजाराँै दर्शनार्थीको भीड लागेको मोदीवेणीधाम व्यवस्थापन समितिका सदस्य युवनाथ रेग्मीले जानकारी दिए ।

यसैबीच जिल्ला सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी दिव्यधाममा आज विशेष मेला लागेको छ । दिव्यधाममा रहेका १०८ तुलसीको विवाह गर्ने कालीगण्डकीको जलाभिषेक गर्ने कार्यक्रम, कालीगण्डकीका तोरण टाँग्ने र चौमास व्रत बसेकाको व्रत समापन गर्न विभिन्न जिल्लाबाट भक्तजनको भीड लागेको मोदीवेणी धाम व्यवस्थापन समितिले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन