२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

काठमाडौ । अष्ट्रिया सरकारले देशमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि हिजो मध्यरातिदेखि लागू हुने गरी देशव्यापी लकडाउनको घोषणा गरेको छ ।यस घोषणाले १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधिहरू बाहेकका काममा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

सरकारी अधिकारीहरूले कोभिड–१९ सङ्क्रमणबाट बढ्दो मृत्यु बारेमा चिन्ता व्यक्त गरेका छन् । साथै अवस्था बिग्रिँदै गए अस्पतालहरूले सङ्क्रमितको उपचार गर्न समेत कठिन हुने बताएका छन् ।कोभिडबाट सुरक्षाका लागि नागरिकहरुलाई खोप लगाउन बारम्बार आग्रह गर्दा पनि खोप लगाउन आनाकानी गरेकाले उनीहरुका लागि लकडाउन गर्न आवश्यक भएको बताइएको छ ।

करिब ९० लाख जनसङ्ख्या भएको अस्ट्रियामा लकडाउनका कारण झण्डै बीस लाख मानिसहरू प्रभावित हुनेछन् । लकडाउन सुरुमा १० दिनसम्म रहने छ ।यसबीचमा प्रहरीहरूले नागरिकहरूले खोप लगाए नलगाएको सुनिश्चित गर्न गस्तीमा जानेछन् । खोप नलगाएका व्यक्तिहरूले प्रतिबन्धहरूको पालना नगरेमा १,४५० युरो सम्म जरिवाना गर्न सकिने बताइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ