२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

परासी । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले सुस्तामा संचारको सहज पहुँच विस्तार गर्ने बताएका छन् । सुस्तामा मोबाईल नेटवर्कको राम्रो पहुँच नभएका कारण नागरिकलाई समस्या परेको बताउँदै मोबाईल टावर राख्नका लागि आफूले पहल गर्ने बताए ।

Advertisement

प्रेस सेन्टर नेपाल नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले बर्षौँ देखी विकासको अनुभुति गर्न नपाएका सुस्तावासीले संघीयता आएपछि मात्र विकासको अनुभव गर्न पाएको बताएका छन् । सुस्तामा भएको सीमा विवादको विषय भने कुटनितिक रुपमा नै समाधान गर्नुपर्ने शर्माको जोड रहेको थियो । पत्रकारहरुले सुस्ताका विषयलाई प्राथमिकता दिएर संचार माध्यममा स्थान दिनका लागि मन्त्री शर्माले आग्रह गरेका छन् ।

प्रेस सेन्टरको जिल्ला भेलामा बोल्दै नेकपा माओबादी केन्द्र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका ईञ्चार्ज एवं पुर्व राज्यमन्त्री घनश्याम यादवले आफुहरुले निकै पहिले देखी नै सुस्ताबासीको पिडालाई महसुस गर्दै आएको बताए । सुस्ताको समस्या सुस्ताबासीको मात्र नभएर सवै नेपालीको समस्या भएकोले राज्य स्तरबाटै सम्बोधन हुनुपर्नेमा यादवको जोड रहेको थियो ।

अधिवेशनमा प्रेस सेन्टर नेपाल केन्द्रिय अधिवेशन आयोजक कमिटी सदस्य गोपी ज्ञवाली, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सल्लाहकार तथा बरिष्ठ साहित्यकार घनश्याम न्यौपाने परिश्रमी, प्रेस सेन्टर नेपाल केन्द्रिय अधिवेशन आयोजक कमिटी सदस्य रुद्रहरि कुँवर, प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष कमल रायमाझी लगायतले शुभकामना मन्तव्य गरेका थिए ।

पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित

अधिवेशनले राजु पोखरेलको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । समितिको जिल्ला उपाध्यक्षमा चिरञ्जीवी न्यौपाने, महिला उपाध्यक्षमा सोनकली थारु, सचिवमा विष्णु खनाल सह सचिवमा रेशम अधिकारी, समावेशी सह सचिवमा पिपला अस्लामी लामिछाने मगर, कोषाध्यक्षमा रामकरण हरिजन निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरुमा रचना चौधरी, गौतम कुमार हरिजन, पुरन हरिजन, सम्मन विक रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका