११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

परासी । पश्चिम नवलपरासीको सरावलमा थारु संग्राहलय स्थापना गरिएको छ । थारु कल्याणकारिणी सभा नवलपासीको नेतृत्वमा सरावल–१ तुल्सिनगरमा स्थापना गरिएको संग्रालय तथा थारु मिलन केन्द्रको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ ।

Advertisement

भवनको एक समारोहकाबीच थारु नेता एव्ं पूर्व भूमिसुधार मन्त्री डा।गोपाल दहितले उद्घाटन गरेका थिए । भवन उद्घाटन गर्दै पूर्वमन्त्री दहितले संग्राहलयको माध्यमबाट थारु संस्कृति र पहिचानको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो । उनले सबै थारु समुदायलाई एकजुट हुन पनि आह्वान गरे ।

रु ७० लाखको लागतमा सरावल–१ तुलसीनगरमा संग्रालय भवन निर्माण भएको थारु कल्याणकारीणी सभाका जिल्ला अध्यक्ष मुन्द्रिका चौधरीले जानकारी दिए । दहित मन्त्री हुँदा रु २५ लाख विनियोजन गर्नुभएको थियो भने सरावल गाउँपालिका तथा थारु समुदायको सहयोग र श्रमदानबाट संग्रालय भवन निर्माण गरिएको उनले बताए ।

संग्रालयमा थारु संस्कृति र पहिचान झल्कीने थारु भेषभुषा, थारु परिकार, थारु सामाग्री राखिने उनले बताए । भर्खर भवन निर्माण कार्य सकिएकाले केही सामाग्री मात्र राखिएको अब विस्तारै संग्राहालयलाई व्यवस्थिगत गरिने छ ।

कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले थारुको भाषा संस्कृति संरक्षणमा गाउँपालिकाले सहयोग गरिरहेको बताए । पश्चिम नवलपरासीको सरावलमा थारु समुदायको बाक्लो बस्ती छ । आधुनिकताले विस्तारै पुराना परम्परा लोप हुँदै जान थालेकाले थारु संग्राहलय मार्फत त्यसको संरक्षण गर्न थालिएको थारु अगुवाहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

माओवादीको निष्कर्ष– देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लाग्यो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध जनताका मुद्दामा ध्यान दिन्छौँ, सडक तताउँदैनौँ : रवि लामिछाने कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन