८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

काठमाडौं । निर्देशक निश्चल बस्नेतले नेपाली फिल्मलाई चलायमान बनाउन आआफ्नो स्थानबाट अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । हालै एक फिल्म हलको उद्घाटन कार्यक्रममा उनले  कोरोना महामारीले फिल्म क्षेत्रमा निराश बढेका बेला हलको उद्घाटन हुनु सुखद संकेतको रूपमा लिनुपर्ने बताए । 

Advertisement

‘यो समयमा हल खुल्नु निकै खुसीको कुरा हो, यसले फिल्मी क्षेत्रलाई चलायमान बनाउने मेरो विश्वास छ’, निश्चलले भने ।उनले हल सुरक्षित रहेको संदेश दर्शकमाझ पुगेमा फिल्म क्षेत्र विस्तारै चलायमान बन्ने बताए । उनले यो समयमा फिल्म बनाउँदा दर्शक र बजारलाई हेरेर बनाउनु पर्नेमा जोड दिए । 

‘कोरोना भाइरसको कारणले सिर्जित अवस्थापछि हामीले काम गर्दा दर्शक पनि हलसम्म आउने र निर्माताको लगानी पनि सुरक्षित रहने फिल्म बनाउनुपर्छ’, निश्चलले भने । उनले आफूले पनि फिल्म बनाउने कोसिस गरिरहेको बताए ।

फिल्म प्रदर्शन अन्ततः व्यापार नै भएकोले त्यसतर्फ चनाखो हुनु जरुरी रहेको बताएका उनले भने, ‘हामीलाई कथा मन परेर फिल्म बनाउँछौ र त्यसलाई दर्शकले हेरेर आफ्नो प्रतिक्रिया दिनुहुन्छ । अन्ततः फिल्ममा जोडिने भनेकै विजनेश हो । त्यसैले निर्माता पनि सुरक्षित हुने र दर्शक पनि हलसम्म आउने फिल्मका लागि तयारी गर्नुपर्छ ।’

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर