१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

लन्डन । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आईतबारदेखि सुरु हुँदैछ । सम्मेलनमा विश्वमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेका असर न्युन गर्ने उपाय र हरितगृह ग्यास उत्सर्जनमा कटौतीबारे विभिन्न देशको प्रतिबद्धता र रणनीति सार्वजनिक हुनेछ । प्रस्तुत छ जलवायु परिवर्तनको मुख्य कारक मानिएको हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने विज्ञका चार उपायः

Advertisement

१ खानेकुरा खेरा नफाल्ने र रातो मासु नखाने
विश्वभर भइरहेको कुल हरितगृह ग्यास उत्सर्जनमध्ये १४ प्रतिशत उत्सर्जनमा पशु तथा चौपाया जिम्मेवार छन् । तसर्थ, जलवायु परिवर्तनको असर घटाउन रातो मासु र दुग्धजन्य सामाग्रीको उपभोग पनि घटाउनु पर्ने  विज्ञहरु बताउँछन् । 

जलवायु परिवर्तनबारे अनुसन्धान गर्दै आएका प्राध्यापक म्यागरेट गिलका अनुसार खेर गइरहेको खानेकुराबाट पनि ठूलो परिमाणमा हरितगृह ग्यास उत्सर्जन भइरहेको छ । एबरडिन विश्वविद्यालयकी प्राध्यापकसमेत रहेकी उनले जलवायु परिवर्तनको बढ्दो असर घटाउन थोरै खानु पर्ने र खानेकुरा खेरा नफाल्न सुझाव दिन्छिन् । बेलायतको वेस्ट एन्ड रिसोर्स एक्स प्रोग्रामअनुसार विश्वमा २५ देखि ३० प्रतिशत खानेकुरा खेरा जाने गर्छ ।  

२ सवारी साधन कम प्रयोग गर्ने  
विश्वव्यापी हुने कूल कार्बन उत्सर्जनमा यातायातका साधनबाट निस्कने धुँवा र धुलो  पनि उत्तिकै जिम्मेवार हुन्छ । तर, प्रदुषण बढ्यो भन्दैमा यातायातका साधन नै नचलाउने भन्ने हुँदैन् । राती काम गर्ने वा टाढाबाट कार्यलय जाने व्यक्तिका लागि सवारी साधन अपरिहार्य मानिन्छ । तर, सानो कदमले पनि प्रदुषण नियन्त्रणमा सहयोग पुग्छ । विज्ञहरुका अनुसार डिजेल र पेट्रोलको विकल्पमा विजुलीबाट चल्ने सवारी साधनको प्रयोग प्रदुषण नियन्त्रणमा धेरै हदसम्म प्रभावकारी हुन सक्छ । 

त्यस्तै, छोटो दूरीमा पैदल हिड्ने र साइकलको यात्राले पनि बढ्दो प्रदुषण नियन्त्रण गर्न सघाउ पुग्न सक्छ । अहिले विद्युतीय कारको प्रयोग बढ्न थालेको छ । तर, विकासन्मुख देशमा ती महंगा साबित  भएका छन् ।  

३ सामान किन्नुअगाडि एक पटक सोच्नुहोस 
राष्ट्रसंघको वातावरण कार्यक्रमअनुसार एक जोडी जिन्स कपडा बनाउन तीन हजार ७८१ लिटर पानी आवश्यक पर्छ । यस हिसाबले विश्वभर भइरहेका उत्पादन, निर्माण, निर्यात र सरसफाईमा लाग्ने  पानी र सामान उत्पादन गर्दा त्यसबाट उत्पन्न हुने प्रदुषण सहजै अनुमान गर्न सकिन्छ ।

सामान्य ढंगले च्यातिएपछि लुगा फाल्नु वा अर्को महंगो किन्नुभन्दा त्यसलाई मर्मत गरेर लगाउँदा जलवायु परिवर्तनको प्रभाव न्यून गर्न सकिन्छ । धेरै कम्पनीहरुले लुगा भाडा दिएका छन्, जसका कारण फेसन उद्योगको भइरहेको फजुल खर्च कटौती हुनुको साथै त्यसबाट उत्पन्न हुने प्रदुषण घटाउन मद्दत गरेको छ । त्यस्तै, विज्ञहरुले एक पटक प्रयोग भइसकेको सामाग्री किन्न पनि जोड दिएका छन् । 

४ प्रयोग नभएको समयमा ताप प्रणाली बन्द गर्ने 
कोठा तताउन वा चिसाउन प्रयोग हुने ग्यास, हिटरलगायतका सामाग्री हटाउँदा पनि कार्बन उत्सर्जन कटौतीमा ठूलो सहयोग मिल्ने विज्ञहरु बताउँछन् । ‘आवश्यक नपरेको समयमा बत्ती, ग्यास वा तेलबाट चल्ने ताप प्रणालीले महत्वपूर्ण अर्थ राख्छ । यसलाई नियन्त्रण गर्न सकेमा जलवायु परिवर्तनको नकरात्मक असर घटाउन सहयोग गर्छ,’ लन्डनस्थित इम्पेरियल कलेजका डा. निल जेनिङ्स भन्छन् । बेलायतको इनर्जी सेभिङ ट्रस्ट (इएसटी) अनुसार उर्जा बचतका लागि ‘ड्रट प्रुफिङ’ सबैभन्दा सस्तो र प्रभावकारी तरिका हो ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली