८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

भक्तपुर । तिहार नजिकिएसँगै गुण्डुकी सरस्वती नगरकोटीलाई बारीमा फूलेका फूललाई टिप्न भ्याइनभ्याई छ । उनी हरेक दिन बिहान ७ बजे नै फूल टिप्न बारीमा पुगि हाल्छिन् । ९ बजेसम्म फूल टिपेर दिउँसो धान काट्न मेला भ्याउँछिन् ।

Advertisement

उनका अनुसार तिहारभित्रै सबै फूल नटिपे पछि खेर जान्छ । विहानभर लगाएर टिपेको फूलको उनको श्रीमान्ले दिउँसो माला उन्छन् । उनले घरसँगैको करिब एक रोपनी बारीमा फूल रोपेको सुनाइन् । यस वर्ष करिब दुई हजार माला तयार हुने उनको भनाइ छ । ‘पहिलेको वर्षको तुलनामा यस वर्ष फूल कम रोपेका छौँ । फूल पनि राम्रो भएन,’ उनले भनिन् । उनीहरूले एउटा मालालाई २५ देखि ३० रुपैँयामा बेच्ने गरेका छन् । 

फूल खेतीमा धेरै मिहिनेत परे पनि श्रमको मूल्य नआउने कृषकहरूको गुनासो छ  । सिन्धुली घर भई गुण्डु बस्दै आएका सुबास ब्लोले पनि फूललाई मिहिनेत धेरै गर्नु परे पनि उचित मूल्य नआउने बताए ।  बैशाखमा बेर्ना राखी फूल रोप्न तयार हुन्छ । ‘फूल रोपेदेखि नै दैनिक पानी हाल्नु पर्छ । समयसमयमा किटनाशक औषधि, बढ्ने औषधि हाल्नुपर्छ । साउनको पहिलोको हप्ताबाट फूल टिप्न तयार हुन्छ,’ उनले भने, ‘यो वर्ष तीन हजार माला तयार भएको छ । फूल किन्न दैनिक ठेकदार आउँछ । तर हाम्रो मिहिनेतको मूल्यनै आउँदैन ।’ 

चार जनाको परिवार रहेको उनको छोराछोरी स्कुलमा पढ्न जान्छन् । मालाबाट बार्षिक ५० देखि ६० हजार रुपैयाँ आम्दानी हुने उनले सुनाए । सो रकम केटाकेटी पढाउन, खुवाउन खर्च हुने उनको भनाइ छ । उनले जग्गा भाडामा लिएर फूल खेती गरेका बताए । 

नगरपालिकाबाट फूल खेतीमा बिऊ अनुदान 
सूर्यविनायक नगरपालिकाले व्यवसायिक फूलखेती गर्नको लागि फूलको बीऊ अनुदान दिँदै आएको छ । सूर्यविनायक नगरपालिकाका नगर उपप्रमुख जुना बस्नेतले नगरभित्रका स्थानीयलाई ८० प्रतिशत नगरपालिका र २० प्रतिशत स्थानीयको लागतमा फूलका बिऊ वितरण गरेको बताए । 

तर नगरपालिकाले दिएको फूलका बिऊले राम्रो उत्पादन नदिएको गुनासो कृषकको छ । गुण्डुका सीता थापाले नगरपालिकाले दिएको बिरुवा राम्रो नभएपछि अर्कै बिऊ रोपेको बताए । फार्म बनाएर रोप्नेको फूल राम्रो भए पनि बाहिर रोप्नेको राम्रो नभएको उनले सुनाइन् । भक्तपुरमा सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा व्यवसायिक रुपमा मखमली र सयपत्री फूल खेती हुँदै आएको छ । 

तिहारमा भक्तपुरमा वार्षिक चारदेखि पाँच करोडसम्मको फूल बिक्री हुने नगरपालिकाले जनाएको छ । तर स्थानीय तहले व्यवसायिक फूल खेती गर्नेलाई सहयोग नगरेको फूल व्यवसायीहरू बताउँछन् । ताथलीका राम बनमालाले अन्य सामग्रीको भाउ निर्धारण भए पनि फूल र मालाको भाउ निर्धारण गरि नदिएकोमा दुखेसो पोखे । फूलको मूल्य निर्धारण नभएसम्म कृषकहरू बिचौलियाको मारमा पर्ने उनले बताए । 

भक्तपुरमा उत्पादित फूल भक्तपुरभित्रैका बजार, काठमाडौं, ललितपुरलगायत स्थानमा बिक्री हुने उनीहरू बताउँछन् । 

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर