ताजा अपडेट »

माल्दिभ्सबाट दुई लाख डोज कोभिड विरुद्धको खोप आउँदै

आइतबार, १४ कार्तिक २०७८, ११ : १७
18 Shares

काठमाडौं । नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आइतबार नेपाल आउँदै छ ।  

कतार एयरवेजको नियमित उडानबाट आज बेलुका ८ बजे काठमाडौं खोप आईपुग्ने स्वास्थ्य सेवा विभाग खोप आापूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताए ।   यसअघि दिउँसो एक बजे खोप आउने कार्यतालिका रहेको थियो । आज आउने खोप प्राथमिकताका आधारमा दिइने उनले बताए । यसअघि सार्क राष्ट्र भारत र भुटानबाट समेत कोभिड विरुद्धको खोप आइसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।