ताजा अपडेट »

ब्राइटनले लिभरपुललाई बराबरीमा रोक्यो

आइतबार, १४ कार्तिक २०७८, ०७ : १३
8 Shares
आइतबार, १४ कार्तिक २०७८
8 Shares

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल ब्राइटनसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुल ब्राइटनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

लिभरपुलले खेलको चौथो मिनेटमा जोर्डन हेण्डरसनले र खेलको २४औं मिनेटमा साडियो मानेले गोल गर्दै २-० ले अगाडी रहेको अवस्थामा ब्राइटनले कमब्याक गर्दै खेल बराबरी गरेको थियो ।ब्राइटनका लागि पहिलो गोल एनोक मेपूले खेलको ४१औं मिनेटमा र लीनड्रो ट्रोसार्डले खेलको ६५औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि लिभरपुलको १० खेलमा २२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै ब्राइटनको यो बराबरीमा १० खेलमा १६ अंक रहेको छ र लिगमा छैटौ स्थानमा रहेको छ ।    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।