ताजा अपडेट »

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरी नेपाल आइपुगे

शनिबार, १३ कार्तिक २०७८, २२ : ५०
28 Shares
शनिबार, १३ कार्तिक २०७८
28 Shares

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै आज (शनिबार) नेपाल आइपुगेका छन् । 

१० कात्तिक (बुधबार) प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई  "मेन्सन" गर्दै सम्झौता नवीकरण गरेको बताएका थिए ।

त्यसपछि अब्दुल्लाह आज अन्तरास्ट्रिय बिमानस्थल झरेका हुन् । अब्दुल्लाहलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गरे । 

'डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु',  उनले लेखेका थिए । 

अब्दुल्लाहको प्रशिक्षणमा नेपाल साफ फाइनलमा भारतसँग पराजित हुँदै उपबिजेतामा सिमित भएको थियो । फाइनल अघिनै राजिनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका थिए ।  त्यस यता उनी पहिलो पटक नेपाल झरेका हुन् । 

यद्यपि एन्फाले तीन वर्षको सम्झौता बारेमा हालसम्म  कुनै पनि आधिकारिक धारणा राखेको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।