८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद मीनबहादुर विश्वकर्माले केन्दीय समितिले तय गरेको कार्यतालिका अनुसार नै महाधिवेशन सम्पन्न गर्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस बुटवल उपमहानगर–११ द्धारा बुद्धनगरमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै विश्वकर्माले समयकै महाधिवेशन सम्पन्न गरि पार्टीको वैधानिकता जोगाउँने बताए ।

Advertisement

विश्वकर्माले भने,– ‘जुन ठाउँमा वडा अधिवेशन गर्न बाँकी छ, वडा अधिवेशन गरौं । जुन ठाउँमा पालिका अधिवेशन गर्न बाँकी छ, पालिका अधिवेशन गरौं । जुन ठाउँमा क्षेत्रीय अधिवेशन गर्न बाँकी छ, त्यहाँ पनि गरौं । सोही अनुसार गर्दै गयौं भने केन्द्रीय महाधिवेशन पनि सम्पन्न गर्छौ ।’

उनले सहमतिबाट निर्णय गर्ने भन्ने कुराले केन्द्रीय महाधिवेशन गर्न ढिलाई भएको औल्याए । उनले भने,– ‘हामिले सहमति बाट निर्णय गर्ने भन्यौं । केन्द्रीय कार्यसमितिको निर्णय सहमतिबाट, अनुशासन समितिको निर्णयको सहमतिबाट निर्वाचन समितिको निर्णय सहमतिबाट, हुँदाहुँदै क्रियाशील छानबिन समितिको निर्णय पनि सहमतिबाट गरेपनि सहमति त स्वभाविक हिसाब नै ढिलो हुने भो । त्यस कारण हाम्रोमा बिलम्ब भएको छ, ढिलो भएको छ तर गलत भएको छैन् ।’

नेता विश्वकर्माले आगामी निर्वाचनमा काँग्रेसले कसैसँग सहकार्य नगर्ने बताए । उनले आगामी निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर अगाडी लैजाने बताउँदै कसैसँग पनि सहकार्य नगरी एक्लै चुनाव जित्ने दाबी गरे । ‘आउने चुनावमा पार्टीलाई एकढिक्का बनाएर हामि कसैसँग पनि सहकार्य नगरी एक्लै चुनाव जित्छौं ।’, उनले भने ।

विश्वकर्माले थपे, ‘एक्लै लड्दा खेरी हामिले अर्को चुनाव चिन्हमा मतदान गर्नुपर्दैन् । हाम्रो बानी बिग्रीदैन । त्यसो गर्नको लागि कांग्रेससँग एकता गर्नुपर्छ । कांग्रेसभित्रै एकता गर्नु जरुरी छ । एकता भयो भने मात्रै कांग्रेसले चुनाव जित्छ ।’

कार्यक्रममा काठमाडौं महानगरको उपमेयर हरिप्रभा खड्की, महासमिति सदस्यहरु युवराज गिरी, रामबहादुर कार्की, काजिमान श्रेष्ठ, बालकुमारी भण्डारी, क्षेत्र नं. २ का सभापति हरि लम्साल, कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेय लगाएतले कांग्रेसलाई गतिशील बनाउन साथै समृद्ध मुलुक निर्माणको लागि हातेमालो गरेर अगाडि बढ्नेमा जोड दिए । कांग्रेस बुटवल–११ का सभापति जितबहादुर मल्लको अध्यक्षता, सचिव यज्ञ न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर