ताजा अपडेट »

बुटवलमा विभिन्न पार्टी परित्याग गरि झण्डै ६ सय जना कांग्रेसमा प्रवेश

शनिबार, १३ कार्तिक २०७८, १८ : २०
30 Shares
शनिबार, १३ कार्तिक २०७८
30 Shares

बुटवल । रुपन्देहीको बुटवलमा विभिन्न पार्टी परित्याग गरि झण्डै ६ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार बुटवल उपमहानगरपालिका ११ बुद्धनगरमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमबाट एमाले, माओवादी लगाएतका पार्टी परित्याग गरि ५ सय ८० जना प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य मीन विश्वकर्मा, महासमिति सदस्य युवराज गिरी, बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेय, वडा ११ का सभापति जितबहादुर मल्ल लगाएतले क्रियाशील सदस्यतासहित टिका र खादाले स्वागत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।