११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

बागलुङ । तीन जिल्ला बागलुङ, रोल्पा र रुकुमको संगम हो तिलाचन धुरी । मध्यपहाडी लोकमार्ग विस्तार र स्तरोन्नती भएपछि तिलाचन धुरी पर्यटकीय गन्तव्यको रुपमा विकास भैरहेको छ । कुनै दिन चराचुरुङ्गी, जंगली जनावर र गोठालाको मात्रा चहल पहल हुने तिलाचान धुरीमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि तीन जिल्लाको दृश्य अवलोकन गर्न रुची राख्ने आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन् । 

Advertisement

पर्यटकको चाप बढ्दै गएपछि नेपाल टेलिकम बागलुङले उपभोक्ताको मागलाई ध्यानमा राखेर तिलाचन धुरीमा उच्च गतिको इन्टरनेट सेवा सञ्चालन हुने गरी विटिएस टावर स्थापना गरी टेलिकम सेवा विस्तार गरेको हो । समुद्री सतहदेखि ३ हजार ४ सय मिटर उचाईमा अवस्थित तिलाचन धुरी ‘पातीहाल्ने’  नामले परिचित छ । 

मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नतीसँगै अहिले त्यहाँ गाडी र मानिसको भिड्भाड बढन थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयबासीलाई लक्षित गरी नेपाल टेलिकमले पहिलो पटक मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित तिलाचन धुरी (पातीहाल्ने) मा टेलिकमले स्थायी संरचना निर्माण गरी मोबाइल सेवा टुजी र फोरजी एकसाथ शुभारम्भ गरेको टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

टेलिकमले ग्रामीण र दुरदराजका बस्तीसँगै लोकमार्ग आसपासका क्षेत्रमा आफनो सेवालाई निरन्तर विस्तार र स्तरोन्नती गर्ने योजना अनुरुप २५ मिटर अग्लो बिटिएस टावर निर्माण गरेको हो । 

यसअघि सो क्षेत्रमा मोबाइल सेवा थिएन । जसका कारण त्यहाँका स्थानीयबासी, मध्यपहाडी लोकमार्गको निसी भल्कोटदेखि पूर्वी रुकुमको भुमे गाउँपालिका हुँदै यात्रा गर्ने यात्रु र रोल्पाको सुनछहारी गाउँपालिकाका बासिन्दा मोबाइल र इन्टरनेट सेवाबाट वञ्चित थिए । 

मध्यपहाडी लोकमार्ग भएर धेरै उपभोक्ता ओहोरदोहोर गर्ने भएकाले टेलिकमले सेवा विस्तार गरेको हो । भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुद जनप्रतिनिधि, स्थानीयको सहकार्यमा सेवा पुर्‍याउन सफल भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । 

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा