७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीका कारण न्यायालय समस्या देखिएको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले प्रधानन्यायाधीशविरुद्धमा महाअभियोग प्रस्तावको विषयमा कुनै छलफल नभएको बताएका छन् ।

Advertisement

एमाले अध्यक्ष केपी ओलीका बोलीका कारण न्यायालयमा विवाद उत्पन्न भएको उनको भनाइ थियो । ९ कात्तिकमा ओलीले एमाले पालिका अधिवेशनको उद्घाटनमा पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका थिए । संसद् विघठनको विरुद्धमा लाग्ने न्यायाधीशले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

‘ओलीले जे पायो त्यही बोलिरहरनु भएको छ, त्यो उहाँको कुन्ठा बोलेको हो’, अध्यक्ष नेपालले भने, ‘अग्रगमनकारीलाई खेदो खन्ने उहाँको पहिलै देखीको बानी हो ।’ 

ओलीका कारण प्रदेश सरकारहरू ढलेको उनले बताएका छन् । ओलीले आफू प्रधानमन्त्री नभए कुर्सी भाँचिदिन्छु भनेको बताउँदै त्यसको प्रभाव सबै प्रदेशमा परेकाे नेपालकाे भनाइ थियो । भीम आचार्य नेतृत्वको सरकारलाई हटाएर चाडै राजेन्द्र राई नेतृत्वमा सरकार बन्ने उनकाे दाबी छ । 

कांग्रेससँग तपाइँहरूको आधाआधा कार्यकाल मुख्यमन्त्री बनाउने सहमति भएको हो भन्ने सन्चाकर्मीको प्रश्नमा नेता नेपालले अहिले नै छलफल नभएको बताए । कांग्रेसलाई मुख्यमन्त्री आधा कार्यकाल नदिए गठबन्धन टुट्ने देखियो नि भन्ने अर्काे प्रश्नमा उनले कमजोर धागोमा नबाँधिएकोले प्रतिगमन विरुद्धको अभियान लामो समयसम्म जाने बताए ।
 

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल शैलुन व्यवसायसँगै सुरु गरिन् मोनिकाले ‘स्किन एण्ड हेयर लेजर क्लनिक’ शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु : देवराज घिमिरे