ताजा अपडेट »

सरकारले बाढी-पहिरो पीडितलाई घर बनाउन ५ लाखसम्म दिने

बुधबार, ०३ कार्तिक २०७८, १७ : ०७
10 Shares

काठमाडौं । सरकारले बाढीपहिरोमा एकजना गुमाएका परिवारलाई दुई लाख, दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले हालैका दिनमा प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षतिको विश्लेषण गर्दै राहत दिने निर्णय गरेको हो ।

बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । घर पूर्णरूपमा क्षति भएकालाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।