१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

झापा । दुई  दिनदेखि परेको अविरल बर्षाका कारण झापामा ३६१ परिवार विस्थापित भएका छन् । कन्काइ नदी र रतुवा खोलालगायतमा आएको बाढी बस्तीमा पस्दा जिल्लामा ३६१ परिवार विस्थापित भएका हुन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार कन्काइ नदीले ४ दशमलब ३ को खतराको संकेत पार गरेर बस्तीमा पसेपछि जिल्लाका अधिकांश भाग जलमग्न छन्  । कतिपय ठाउँमा टेलिफोन सम्पर्क बिच्छेद भएको छ भने बिजुलीको पोल ढल्दा विद्युत सेवा अबरुद्ध छ । 

भद्रपुर विमानस्थल पनि सञ्चालनमा आउन सक्ने अवस्था छैन्,’ प्रजिअ तिमिल्सनाले  भने, ‘विस्थापितलाई आफन्त, बिद्यालय तथा मन्दिरजस्ता सार्वजनिक स्थलमा राखिएको छ ।’ उनका अनुसार रतुवा खोलाले दमक–७ स्थित पशुहाटमा रहेका ७ वटा घर बगाएको छ ।

खतराको सीमा पार गरेको कन्काइ माइले गौरीगञ्ज, हुकलवारीलाई चारैतर्फवाट बाढीले घेरेका कारण मध्यरातदेखि उद्वारका लागि गरिएको प्रयास बिहानसम्म सफल हुन सकेको छैन् भने चौरीवस्ती, टप्पुलगायतका स्थानमा रहेका घरभित्र पानी पसेर स्थानीय विस्थापित भएका छन् । दमक, भद्रपुर, शिव सताक्षी, गौरीगञ्जसहित झापा गाउँपालिका बाढीले प्रभावित भए पनि अहिलेसम्म मानवीय क्षतिको विवरण  प्राप्त नभएको प्रजिअ तिमिल्सनाले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु