२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

तस्वीर : नवीन शिशिर विक /गोरखापत्र अनलाइन

बागलुङ । बागलुङ नगरपालिका–३ की पूजा विकको दिनचार्या एक सातायता मध्यपहाडी लोकमार्गमा बित्ने गरेको छ । विहान चियाखाजा खाएर उनी हातमा कुटो र बोरा लिएर साथीसँगै लोकमार्गको मुलपानी खण्डमा पुग्छिन । यसरी दिनहुँ लोकमार्गको बागलुङ–अक्षते खण्डमा पुग्नुको कारण हो, दसैं खर्च जोहो गर्नु । उनी यहाँबाट घर पोत्न प्रयोग हुने रातो माटो ल्याएर बेच्ने गर्छिन। 

Advertisement

लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुले रातो माटो खरिद गरेर लैजाने गर्छन । उनकै सिको गरेर यहाँ अहिले अरु ५–६ जना महिला सामुहिक रुपमा माटो बिक्री गरे दसैं खर्चको जोहो गर्न थालेका छन् । स्थानीय अविसा सुनारले दुई–तीन बर्षदेखि माटो बच्ने काम गरेको बताइन । 

कसैले माटो खन्ने, कसैले ढुंगा चाल्ने र कसैले उठाएर बोरामा राख्ने गरी कामको बाँडफाँड गरी सामुहिक काम गर्दै आएको सुनारले बताइन । एकजनाको भागमा दैनिक एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म पर्छ । 

मुलपानी आसपास, सिगाना, तित्याङको साथै काठेखोला, गलकोट, ताराखोला, बडिगाड, ढोरपाटन, तमान, निसीसम्मका यात्रुले रातो माटो खरिद गरेर लैजाने गरेका छन् । गाडा रातोमाटो भएको हुँदा धेरै यात्रुको रोजाइमा पर्ने गरेको छ ।

गाउँका कच्ची घरमा समेत चुना र रङको प्रयोग गर्न थालेपछि माटोको व्यापार घटेको उनीहरूको भनाइ छ । ‘तर पनि माटो बिक्रीबाट दसैं खर्चको जोहो भइरहेको छ,’ सुनारले भनिन्, ‘दसैं सुरु हुनुभन्दा एक साता अघिदेखि माटो बेच्न थालेका हौँ ।’ छिमेकीकै जग्गामा रातो माटो भएको हुँदा जग्गाधनीलाई पनि शुल्क तिर्नु नपर्ने उनीहरूले बताए । 

मध्यपहाडी लोकमार्गको बाटो विस्तार गर्दा उक्त ठाउँमा रातो माटो भेटिएको थियो । व्यक्ति स्वयंले पनि यहाँबाट निःशुल्क माटो उठाएर लैजान सक्छन् । यात्राको क्रममा माटो खन्ने, उकार्ने र ढुङ्गा छु्ट्टाएर तयारी पार्न समय लाग्ने भए पछि तयारी अवस्थाको माटो किन्न उपभोक्ता तयार छन् । ‘दसैंैमा एक जोडा लुगा फेर्न र मिठो मसिनो खाद्यन्न र मासु किन्ने पैसा हुन्छ,’ सुनारले भनिन, ‘छोटो समयमा राम्रो आम्दानी हुने हुँदा नियमित गर्ने कामबाट बिदा लिएर पनि माटो बेच्ने गरेका छौँ ।’-न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै