२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

काठमाडौं । सरकारले विधेयक फिर्ता लिने भएको छ। शुक्रबार दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक फिर्ता लिने प्रस्ताव गर्ने कार्यसूची छ।प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री देउवाले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। 

Advertisement

यसैगरी विधेयक फिर्ता लिन राष्ट्रिय सभाको सहमति लिने सरकारको प्रस्ताव छ । प्रधानमन्त्री एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री श्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भै प्रतिनिधि सभामा विचाराधीन रेल्वे विधेयक, २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधि सभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेकाले सरकारले विचाराधीन अवस्थामा रहेका विधेयक फिर्ता लिएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। विचाराधीन अवस्था फिर्ता नलिई अध्यादेशमार्फत चलाउँदा आलोचना हुने भएकाले विधेयक फिर्तालिने प्रक्रिया अगाडि बढाएको हो। एमालेले शुक्रबार पनि सदन अवरुद्ध पार्ने तयारी गरेको छ।

सभामुख अग्नि सापकोटाले संसद्को अवरोध हटाउन गरेको आग्रहलाई विपक्षी दल एमालेले अस्वीकार गर्दै आएको छ। कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ। अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ। 

एमालेले भदौ १ गते नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न सभामुखलाई पत्र पठाएको थियो। एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?