ताजा अपडेट »

हडियामा लक्ष्मण स्मृति फुटबल प्रतियोगिता सुरु

विहीबार, २१ असोज २०७८, १९ : ४५
4 Shares

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका- ९ मुसर्निया हडियामा लक्ष्मण स्मृति फुटबल प्रतियोगिता सुरु भएको छ । चाडपर्वहरू नजिकिएसँगै स्थानीय स्तरमा खेलकुद प्रतियोगिताहरू धमाधम सुरु भएका छन् । कोरोना महामारीका कारण जनजीवन नै आक्रान्त बनेको अवस्थामा कोरोना संक्रमण केही कम भएपछि चौदण्डीगढीमा फुटबल प्रतियोगिता सुरु भएको हो ।

केही दिनदेखि वडा- ७ को शहीद रामप्रसाद राई रंगशालामा खसी कप सुरु भइसकेको छ भने वडा- ५ को शिवाईमा पनि मोहन कार्की स्मृति फुटबल प्रतियोगिता सुरु भइसकेको छ । त्यस्तै वडा- ९ को हडिया मुसहर्नियास्थित ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ लक्ष्मण कार्की स्मृति फुटबल प्रतियोगिता सुरु भएको हो ।

२० वर्षभन्दा मुनिका खेलाडीहरूले मात्र सहभागी हुन पाउने प्रतियोगितामा १० वटा समूहको सहभागिता रहेको वडा- १० का पर्वत दाहालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले गरेका थिए । चार वर्षअघि मोटरसाईकल दुर्घटनामा परी निधन भएका कार्की एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसँगै स्थानीय स्तरमा हुने विभिन्न सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिए थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।