१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिद्धार्थनगर कमिटीले नगर कार्यालय स्थापना गरेको छ । सिद्धार्थनगर–८ स्थित शिवपथमा पार्टी कार्यालय खोलिएको नगर अध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिए ।

Advertisement

पार्टी कार्यालयको बिहीबार समाजवादीका केन्द्रिय सल्लाहकार एवं संविधान सभा सदस्य आदित्यनारायण कसौधनले शुभारम्भ गरेका थिए । पार्टी कार्यालय शुभारम्भ गर्दै कसौधनले कम्युनिष्ट पार्टीको मर्म र धारणाअनुसार समाजवादी अघि बढ्ने बताए । उनले ओलीको अहंकारले दुई तिहाईको सरकार ढलेको र एमालेसमेत छिन्नभिन्न भएको बताए ।

संगठन बलियो भए पार्टी बलियो हुने भन्दै उनले त्यसतर्फ लाग्न नेताकार्यकर्तालाई आग्रह गरे । विभिन्न कमिटीहरु बनाई पार्टीका नीति, उद्देश्य जनतामाझ लैजानु पर्ने उनले जनाए । ‘सबै एकजुट भएर पार्टी निर्माणमा लागे नेकपा समाजवादी मुलुककै भरोसायोग्य र अब्बल पार्टी बन्नेछ’, कसौधनले भने । पार्टी केन्द्रिय कमिटी सदस्य एवं सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले बैचारिक, सैद्धान्तिक, व्यवहारिक र नीतिका हिसावले समाजवादी मुलुककै अग्रणी पार्टी भएको बताइन् । उनले नगर कमिटीलाई व्यवस्थित गर्दै सबै वडा तथा टोलटोलमा संगठन निर्माण गर्न लाग्नुपर्ने जनाइन् ।

पार्टी प्रदेश कमिटी सचिव एवं रुपन्देही अध्यक्ष राजु गुरुङले कम्युनिष्ट आन्दोलन जोगाउने जिम्मेवारी नेकपा समाजवादीको काँधमा आएको बताए । उनले नीति, नियममा हिंड्ने पार्टी भएकाले धेरै नेपालीहरु समाजवादीमा आबद्ध हुने विश्वास व्यक्त गरे । गुरुङले लुम्बिनी प्रदेशमा पार्टी संगठनलाई मजबुत बनाउन सबै लाग्नु पर्ने जनाए । अब, प्रत्येक पालिका र वडाहरुमा संगठन र पार्टी कार्यालय स्थापना गरी काम गरिने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य एवं पार्टीको पाल्पा जिल्ला कमिटी उपाध्यक्ष रमा घर्तीमगर, रुपन्देही जिल्ला कमिटी सचिव अविराम विक, सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारी, नगर अध्यक्ष रामबहादुर बस्नेतलगायतले बोल्दै कम्युनिस्ट आन्दोलनलाई सार्थकता प्रदान गर्न र सही बाटोमा डोर्याउन नेकपा समाजवादी नै महत्वपूर्ण पार्टी रहेको बताए । उनीहरुले इमान्दार, निमुखा र सबै किसिमका वर्ग, क्षेत्र, समुदायको रोजाईमा पार्टी रहेको जनाए । अब संगठन विस्तारमा तीव्ररुपले लाग्नु पर्नेमा उनीहरुले जोड दिए ।

कार्यक्रममा पार्टी प्रदेश कमिटी सल्लाहकार त्रिलोकनारायण विक र मुरारीलाल अग्रवाल, प्रदेश सदस्यहरु श्रीराम यादव, ऋषिराम पाण्डेलगायतको आतिथ्यता थियो । नगर कमिटी सचिव समिर खाँनले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो