२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

काठमाडौँ । कोरोनाभाइरसको कारण सिर्जित अवस्थाले गर्दा ठप्प झैँ रहेको सिनेमा क्षेत्र विस्तारै चलायमान बन्दैछ । बिहीबारबाट फिल्म हलहरू पुनः संचालनमा आएका छन् । कोरोनाभाइरसको दोस्रो लहरले गरेको असर कम भएर अन्य क्षेत्र खुल्दासमेत फिल्म हल भने खुल्न सकेका थिएनन् । हल पुनः सुचारु भएसँगै फिल्मकर्मी उत्साहित भएका छन् नै साथमा बलिउड फिल्म ’उचाइ’को छायांकनले पनि । 

Advertisement

अनुपम खेर, बोमन इरानी र परिणिती चोपडासहितको एक सय ८० जनाको टिम नेपालको हिमाली सुन्दरतालाई आफ्नो फिल्ममा कैद गरिरहेका छन् । यद्यपि फिल्मका मुख्य अभिनेतामध्येका एक अमिताभ बच्चन भने नेपाल नआउने भएका छन् । उनको स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकले नेपाल आउने अनुमति नदिएपछि उनी नेपाल नआउने भएका हुन् । 

कोरोना भाइरसका कारण गम्भीर बिरामी भएका अमिताभलाई  हिमालमा चिसो बढी हुने भएकोले चिकित्सकलाई फिल्म सुटिङमा नजान सुझाव दिएका हुन् । फिल्ममा अमिताभको डुब्लिकेट राजा चौधरीले काम गरिरहेका छन् । उनको ’क्लोज सट’ भने मुम्बईमै प्रविधिको प्रयोग गरेर खिच्ने निर्माण पक्षकोे तयारी छ । 

अमिताभ नआउने भएसँगै उनीसँगै सिन रहेका डेनी डेन्जोङ्पा पनि नआउने भएका छन् । बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा तयार हुने फिल्ममा मित्रताको कथा देखाइनेछ । अमिताभले सुरजसँग पहिलो पटक काम गर्दै छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका