२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

फाइल तस्विर

दमौली । तनहुँको भिमाद नगरपालिकास्थित जिदी खोलामा पक्की पुल नहुँदा वर्षेनी सर्वसाधारणले जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ । पुलका अभावमा सर्वसाधारणले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् । सर्वसाधारणको सास्तीमा मल्हम लगाउन उक्त ठाउँमा पक्की पुलको योजना परे पनि लामो समयसम्म पुल अलपत्र भयो । विसं २०७३ मा सम्झौता भएर विसं २०७५ मा सम्पन्न भइसक्नुपर्ने पुल लामो समयदेखि अलपत्र हुँदा सर्वसाधारण थप मारमा परे । अलपत्र पुल हेर्दै खोला तर्नुपर्ने बाध्यता हटेन । अहिले भने पुल निर्माणले गति लिएको छ । निर्माणाधीन मोटरेबल पुलको कामले तीव्रता पाएसँगै स्थानीयवासी खुशी भएका छन् । अलपत्र परेको पुल पछिल्लो समय तीव्रगतिमा काम हुन थालेपछि निर्माणको अन्तिम चरणमा पुगेको छ ।

Advertisement

पुलको ८५ प्रतिशत काम सकिएको सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर दीपेन्द्र पन्थले जानकारी दिए । उनका अनुसार अहिलेकै गतिमा काम भए बाँकी १५ प्रतिशत छिट्टै सम्पन्न हुनेछ । “पुल ढलानको काम भइसकेको छ । पुलमा फुटपाथ, दुईतर्फको सडक, नदी कटान रोक्न तारजाली गर्ने र फिनिसिङको काम बाँकी छ”, उनले भने ।

निर्माण कम्पनीले भने झण्डै ९५ प्रतिशत काम सकिएको दाबी गरेको छ । दैनिक २०/२२ जना कामदार खटाएर काम भइरहेको निर्माण कम्पनी शान्ति निर्माण सेवा काठमाडौंका प्रतिनिधि कमल दाहालले बताए । उनका अनुसार तिहार अगाडीसम्म पुलको काम सम्पन्न हुनेछ । “रेलिङ हालिसक्यौ, फुटपाथको काम बाँकी छ । थोरै काम तारजालीको पनि छ,” उनले भने, “तिहार अगाडीसम्म पुलको काम सक्छौ ।”

पाँच वर्षदेखि पुल निर्माणाधीन रहेको छ । एक वर्ष अगाडीसम्म पुल निर्माणको काम निकै सुस्त थियो । समयमै पुल निर्माण नहुँदा यातायातका साधन र सर्वसाधारणले जिदी खोला वारपार गर्न सास्ती निकै सास्ती भोग्नुपरेको छ । केही दिनअघि मात्रै सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित केदार सिग्देलले पुलको निरीक्षण गर्दै छिटो भन्दा छिटो काम सम्पन्न गर्न सरोकारवालालाई निर्देशन दिए ।

विसं २०७३ असार २९ गते पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने पुलको काम समयमा नसकिएपछि विसं २०७५ साउन ६ गते म्याद थप गरिएको थियो । थप गरिएको म्याद पनि नगत असार १२ गते सकिएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण निर्माणाधीन आयोजनाको म्याद स्वतः छ महिना थप भएको छ । थपिएको म्याद अनुसार आगामी पुसमा सम्पन्न गर्नुपर्ने भए पनि तिहारअगाडि सक्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।

खोलाको दुवैतर्फ सडक कालोपत्र छ । पुल नहुँदा कालेपत्र सडक अर्थ नभएको स्थानीयवासी बताउँछन् । दुई स्पानको पुलको लम्बाई ५० मिटर र चौडाई ११ मिटरको हुनेछ । पुलको लागत रु चार करोड ९० लाख ८२ हजार ९१३ रहेको छ । पुल निर्माण भएपछि भिमाद बजारबाट मिर्मी भीममार्ग हुँदै जिल्लाका विभिन्न क्षेत्र र छिमेकी जिल्ला स्याङ्जा, पाल्पासम्म आउजाउ गर्ने सवारीसाधन र सर्वसाधारणलाई सहज हुनेछ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ