१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

सप्तरीको छिन्नमस्ता मन्दिर यस भेगको निकै नै प्रसिद्ध मन्दिर हो । यहाँ दसैंको नवरात्रीमा विशेष पूजाआजा हुन्छ । जसले गर्दा दसैंभर दर्शनार्थीको भिड लाग्छ । छिन्नमस्ता मन्दिरको महत्व र सर्वसाधारणको विश्वासका विषयमा मन्दिरको पिठाधीश महाकान्त ठाकुरसँग गरेको कुराकानी : 

Advertisement

दसैंको लागि कस्तो तयारी भइरहेको छ ?
गतवर्ष महामारीका कारण मन्दिर आउने दर्शनार्थी एकदमै न्यून थिए । मन्दिरमा रौनक थिएन् । अहिलेको अवस्था सामान्यउन्मुख छ । व्यापार व्यवसाय खुलेका छन् । परिस्थिति सहज छ । दर्शनार्थीहरूको भाकल थाती राखिएको छ । त्यसैले यो वर्ष दोब्बर दर्शनार्थी हुने आकलन छ । 

यही आकलन अनुसार तयारी थालेका छौं । सरसफाइ भइसकेको छ । सबैतिर बत्ती जडान गरिएको छ । भक्तजनको सुरक्षाका लागि चारैतिर सीसी क्यामरा जडान गरिएको छ । सुरक्षाकर्मी दोब्बर परिचालन गर्ने तयारी भइरहेको छ । माताको दर्शनका लागि पुजारीहरूलाई तालिम दिएको छ । महिला र पुरुषको छुट्टाछुट्टै लाइन लगाएर दर्शनको व्यवस्था गरिने छ । 

बाहिरबाट आउने भक्तजनको लाागि बस्ने कोठा, शौचालय र सफापानीको व्यवस्था, गाडी पार्किङको व्यवस्था गरिएको छ । मन्दिर प्राङ्गणमा कुनै पनि किसिमको असुविधा छैन । यसपालि भक्तजनले सहज रुपमा दर्शन गर्न पाउने विश्वास छ ।

छिन्नमस्तामा अन्य बेलाभन्दा दशैँमा किन बढी भिड हुन्छ ? 
माताको दरवारबाट आजसम्म कोही निराश भएर गएका छैनन् । यही कारण सबैलाई माताप्रति विश्वास छ । माताको महिमा अपरम्पार छ ।

दसैंको नवरात्रीमा सबै शक्तिपीठहरूमा भिडभाड हुने गर्छ । विश्वका ५२ शक्तिपीठमध्ये छिन्नमस्ता भगवती पनि एक हो । ३१ वटा सिद्धपीठ मध्ये यो पनि एक हो । यसलाई महिषासुर मर्दनीसिद्ध पीठ पनि भनिन्छ । मन्दिरमा मनोकामना गर्दा पूरा हुने भएकोले छिमेकी देश भारतबाट समेत भक्तजनहरू आउँछन् । यस्तै विजया दशमीमा धेरै दिन बिदा हुने भएकाले पनि टाढाटाढाबाट माताको दर्शन गर्न र वली चढाउन धेरै भक्तजन आउने गर्छन । 

मन्दिरमा भक्तजनले गर्ने फुलाइस र कुमारी भोजन बारे प्रष्ट पारिदिनुहोस् न ? 
मन्दिरमा गरिने फुलाइसमाथि सबैभन्दा बढी महत्व र विश्वास छ । फुलाइसमा भक्तजनहरू चोखो भई माताको मुर्ति अगाडी आफुले इच्छा गरेको वरदान मागेर उभिँनु पर्छ । पुजारीले माताको मुर्तिमा फुल राखी दिन्छ र यही बेला महिलाले आँचल र पुरुषले दुई हात जोडेर थाप्नुपर्छ । इच्छाएको वरदान चाँडै प्राप्त हुने भए माताले केही बेरमै फूल दिनुहुन्छ । होइन भने दिनभरि उभिँदा पनि दिनुहुन्न । दिनभर उभिँदा पनि फूल  नदिए अर्कोपटक आएर त्यसैगरि माताको अगाडि फूल माग्नु पर्छ । दोस्रोपटक भने माताले फूल दिनु हुनेछ ।

यस्तै महिनावारी नभएका कुमारी कन्यालाई मन्दिर परिसरमा भोजन गराउने कार्य कुमारी भोजन हो । कुमारी भोजन घटस्थापनादेखि विजया दशमीसम्म धेरै नै खुवाउने चलन छ । परापूर्व कालमा छिन्नमस्ता भगवती यहीँ गाउँमा बसोवास गर्ने कुमारी कन्यासँग खेल्नु हुन्थ्यो, भोजन गर्नु हुन्थ्यो । त्यसैले मन्दिर परिसरमा कुमारीलाई भोजन गराए भगवती स्वयंले भोजन गरेर चिताएको पूरा हुने जनविश्वास छ । 

घटस्थापनादेखि विजया दशमीसम्म यहाँ एक लाखभन्दा बढी वली हुने गर्छ । तर, रगत बगेर जम्मा हुने पोखरी किन रातो हुँदैन ? 
यहँको पोखरी कसले कहिले खनाएको हो कुनै इतिहास छैन् । राजा सक्रसिंहले जंगल सफा गर्ने क्रममा पोखरी र पोखरीको डिलको गुफामा छिन्नमस्ता भगवती भेट्नु भएको किम्वदन्ती छ ।

छिन्नमस्ता मन्दिरमा दिनहुँजासो वली चढ्छ । तर विजया दशमीको घस्थापनादेखि टिकाको दिनसम्ममा एक लाखभन्दा बढी बढी वली चढ्छ । वली चढाएको खसीबोकाको सबै रगत मन्दिर परिसरमा रहेको पोखरीमा गएन भने मनोकामनामा अड्चन आउने मानिन्छ । पोखरीमा रगत गए पनि पानी रातो नहुनुको कारण भने सिद्धपीठ र शक्तिपीठकै कारण हो ।

मन्दिरमा कस्ता समस्या छन् ?
राजविराजदेखि छिन्नमस्ता मन्दिरसम्म जाने बाटो तत्कालन मर्मत गर्नु पर्ने अवस्था छ । साथै यहाँको बजार व्यवस्थापन गर्न पनि कठिन भइरहेको छ ।-न्यूज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे