ताजा अपडेट »

सार्वजनिक यातायातको भाडा बढ्यो

बुधबार, २० असोज २०७८, २१ : ०६
28 Shares
बुधबार, २० असोज २०७८
28 Shares

काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशभर लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । उपत्यकाबाहेक प्रदेशभित्र संचालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको हो ।

यातायात व्यवसायीहरूले भाडा वृद्धिका लागि आन्दोलन गरिरहेका थिए ।

बाग्मती प्रदेश यातायात मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किलोमिटर दूरीसम्मको भाडा १८ रुपैयाँ कायम गरिएको छ भने १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ कायम गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।