१ कार्तिक २०७८, सोमबार

Oct 18, 2021

पाल्पा । नेपाल रेडक्रस सोसाइटी पाल्पाले जिल्लामा संचालित एम्बुलेन्सलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । रेडक्रसले अस्ट्रियन रेडक्रसको सहयोगमा वास कार्यक्रम अन्तर्गत जिल्लाका सबै एम्बुलेन्सहरूका लागि निःशुल्क रूपमा अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो ।

Advertisement

यहाँ संचालित २२ वटा एम्बुलेन्सहरूलाई विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको सहभागितामा अक्सिजन सिलिण्डर वितरण गरिएको छ ।

एम्बुलेन्समा अक्सिजन सिलिण्डर नहुँदा धेरै बिरामीहरूको अवस्था गम्भीर भएको र कतिपय बिरामीहरूले अकालमा ज्यान गुमाउनुपरेको दुःखद् परिस्थितिलाई मध्यनजर गरी रेडक्रस पाल्पाले जिल्लाभर चल्ने एम्बुलेन्सहरूलाई अनिवार्य अक्सिजन राख्नुपर्ने व्यवस्था गरी पहिलो चरणमा निःशुल्क सिलिण्डर प्रदान गरेको हो ।

दम, स्वासप्रस्वास र कोभिडका बिरामीका लागि अक्सिजन अमृत बराबर भएकाले बिरामीको ज्यान बचाउन ठूलो मद्दत पुग्ने भएकाले एम्बुलेन्स चालकहरूलाई निःशुल्क अक्सिजन सिलिण्डर प्रदान गरिएको रेडक्रसका जिल्ला सभापति बुद्धिप्रसाद शर्माले बताए । -न्यूज कारखाना

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

जब अक्षय हेलिकप्टरमा बिना सुरक्षा झुण्डिए … नदीमा ढुंगा लिन गएका ट्रयाक्टर चालक बगेर बेपत्ता दाङमा धानवालीमा पुगेको क्षतिको विवरण संङ्कलन हुँदै रुपन्देहीको समृद्धिका लागि सदैब प्रयत्नशिल रहनेछु : गृहमन्त्री खाँण बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो भित्र्याउने बेलाको रुपन्देहीको धानबालीमा वर्षाले क्षति, क्षतिको विवरण आउन बाँकी जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने प्रकृतिसँग रमाउन सिद्धबाबाधाम मनकामनामा बस दुर्घटना : ३० घाइते, १० को अवस्था गम्भीर बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस सुविधा मात्रै लिएर बित्यो चार वर्ष, भूमिकाविहीन जिसस अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी १ कर्मचारी श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो,श्रीमती गम्भिर घाइते रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली पानीले खर कुहिएपछि किसान मर्कामा