ताजा अपडेट »

सुनवलमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु

शुक्रबार, ०१ असोज २०७८, १० : ०८
6 Shares

परासी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत पश्चिम नवलपरासीको सुनवलमा गएराति मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । सुनवल ७ ज्यामिरेमा सडक विस्तारका क्रममा बनाइएको डाइभर्सनमा मोटरसाइकल पल्टिंदा सुनवल वडा नम्बर ४ का २७ वर्षीय विष्णु चौधरीको मृत्यु भएको हो । 

सुनवल बाट बुटवल तर्फ जादै गरेका चौधरी चढेको लु ३७ प ६९५० नम्बरको मोटरसाइकल गएराति पौने ११ बजे तिर आफै अनियन्त्रित भएर पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना पछि टाउकोमा चोट लागेर गम्भिर घाईते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागी लगिएपनि डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

सुनवलमै मोटरसाइकल डाइभर्सन बाट खस्दा केही महिना अगाडि पनि एक व्यक्तिको मृत्यु भएको थियो ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल