२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

हुम्ला । उत्तरी क्षेत्रका हुम्ला खण्डमा पर्ने सीमास्तम्भ अध्ययन गर्न सरकारले गठन गरेको सीमा अध्ययन टोली हुम्ला आइपुगेको छ । सरकारले दिएको जिम्मेवारी पूरा गर्न टोली सीमा स्तम्भको स्थलगत अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको टोली हुम्ला आइपुगेको हो ।

Advertisement

सीमा अध्ययन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव आचार्यका अनुसार टोली आज नेपालगंजबाट सिमकोट आइपुगेको बताउनुभयो । उहाँले सिमकोट आइपुगेको र आजै समितिले हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलहरु, प्रशासक र नागरिक समाजसँग छलफल गर्ने बताउनुभयो । टोली आज सिमकोटमै बस्नेछ । भदौ २७ गते बिहानका लागि लाप्चातर्फ समिति लाग्नेछ ।

केही दिन अघि सरकारले आचार्यको नेतृत्वमा तीन सदस्यीय हुम्ला खण्डमा पर्ने सीमा स्तम्भहरुको अध्ययन टोली गठन गरेको थियो । सरकारले तीन सदस्यीय टोली गठन गरे पनि उहाँको टोलीमा सात जना सदस्यहरु रहेको बताउनुभयो । समितिका सदस्यहरुमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डैगोल, दयानन्द जोशी र कपिल कटवाल रहेका छन् ।

जसमा नापी विभागदेखि अन्य सम्बन्धित क्षेत्रको पनि सहभागिता छ । भदौ २७ गते टोली लाप्चातर्फ लाग्नेछ । समितिले नेपाल र चीनबीचका हुम्ला खण्डमा पर्ने १५ वटै सीमा स्तम्भमा पुग्ने तयारी गरेको छ । दुई देशको सीमा क्षेत्र लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सीमा स्तम्भ चीनले एकतर्फी पुनःनिर्माण गरेपछि हुम्लामा यसको विरोध हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित) ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर