९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पुरुष सरह पूर्णरूपमा महिलाले पनि अधिकार प्राप्तिका लागि मुलुकमा रहेको पितृसत्तावादलाई चिर्दै अघि बढ्नुपर्ने बताएकी छन् । पन्ध्रौँ राष्ट्रिय मानव बेचविखनविरुद्ध दिवसका सन्दर्भमा आज आयोजित मनोरञ्जन क्षेत्रमा कार्यरत हिंसामा परेका महिलाको उद्धार तथा हकहितका लागि काम गर्ने ‘छोरी परियोजना संस्था’का संस्थापक अध्यक्ष हिरा दाहालको रचना ‘फूलमाया उपन्यास’ विमोचन गर्ने क्रममा उनले मुलुकका कयौं महिला अझै पनि दमनको शिकार भइरहेको बताईन् ।

Advertisement

त्यस्तो शिकारबाट बाहिर आउनका लागि स्वयं महिलाको सोचसमेत परिवर्तन हुन जरुरी रहेको बताईन् । उनले भनिन्, “छोराको चाहनामा कयौँ फूलमायाहरुले यस धर्तीमा समेत आउने मौका नपाएकाले त्यस्तो मानसिकताको अन्त्य नभएसम्म समाज परिवर्तन हुन सम्भव छैन ।” हालको २१ औं शताब्दीमा छोरीप्रति हेर्ने र गर्ने व्यवहार अझै पुरानो रहेको बताउँदै भुसालले क्रान्तिबिना समानतामूलक समाज निर्माण गर्न असम्भव रहेको जिकिर गरिन् ।

संस्थाका अध्यक्ष दाहालले फूलमाया नेपाली समाजलाई चित्रण गरी बालविवाह, हिंसा, श्रम शोषण, बेचविखन, मजदुर महिला आदिको जीवनी र पीडालाई समेटिएर लेखिएको उपन्यास भएको जानकारी गराईन् । उनले भनिन्, “मुलुकमा दोस्रोे लहरको कोरोना महामारी बढेर एक आमाले आफ्ना सन्तानको सपना पूरा गर्न नसक्दा महसुस भएको दुःखलाई समेत उजागर गरिएको छ ।” उपन्यासले दैनिकीका रूपमा एक दिन गर्दै २८ दिनसम्मलाई उजागर गरेको उनले बताईन् ।

उपन्यासका सम्पादक आनन्द वाग्लेले पुस्तकले मानव जीवन परिवर्तन गर्न सहयोग गर्ने बताउँदै किताब पढ्ने संस्कृतिलाई बढावा दिन जोड दिए । उनले भने, “पुस्तकालय नभएको घर निरस हुने भएकाले गृह पुस्तकालय सुरुआत गरी पढ्ने बानीको विकास गर्दा समयको समेत सदुपयोग हुनेछ ।” रासस

प्रतिकृया दिनुहोस्

Flash News

जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना !