Mar 27, 2023
बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा २३ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १०१ जनाको कोरोना परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ५३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा ७/७ जना, तिलोत्तमा नगरपालिकामा ४ जना, सैनामैना नगरपालिकामा ३ जना र देवदह नगरपालिकामा २ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३० पुगेको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३४७ रहेको छन्।
प्रतिकृया दिनुहोस्