ताजा अपडेट »

बुटवल विद्वत् परिषद्को सपथ ग्रहण

आइतबार, २० भदौ २०७८, १७ : ०७
4 Shares

बुटवल । बुटवल उपमहानगरपालिकामा गठन भएको भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठानका पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराइएको छ । प्रमुख एवम् प्रतिष्ठानका प्रमुख संरक्षक शिवराज सुवेदीले आइतबार एक संक्षिप्त समारोहबीच प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीलाई शपथ ग्रहण गराएका हुन् । त्यसपछि जिसीले पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

सो अवसरमा प्रमुख सुवेदीले बुटवलको पहिचान बढाउने खालको भाषा, साहित्य र सिर्जनाका कामलाई प्राथिमकतामा राखेर अभियान सञ्चालन गर्न जरुरी रहेको उल्लेख गरे । राष्ट्रिय स्वाभिमानको जितगढी किल्लालाई केन्द्रमा राखेर समग्र बुटवलको पहिचान स्थापित गर्नेगरी साहित्य साधनाका काम अगाडि बढाउनुपर्ने बताउँदै प्रमुख सुवेदीलेभ अभियानमा सबै क्षेत्र र पक्षलाई समेटेर अगाडि बढ्न आग्रह गरे ।

उपप्रमुख तथा प्रतिष्ठानका संरक्षक गुमादेवी आचार्यले भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासका लागि आ–आफ्नो प्रतिभालाई सदुपयोग गरेर असल नियतका साथ जिम्मेवारी वहन गर्दै अगाडि बढ्न आग्रह गरिन् । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेललगायतले प्रतिष्ठानलाई कार्ययोजना बनाएर प्रभावकारी र रचनात्मक अभियान सञ्चालन गर्न आग्रह गरे ।

विज्ञ झपेन्द्रबहादुर जिसीको अध्यक्षतामा गठित प्रतिष्ठानको उपाध्यक्षमा लक्ष्मी गुरुङ, सचिवमा दलबहादुर गुरुङ र कोषाध्यक्षमा सीता ढुंगाना काफ्ले रहेका छन् । सदस्यहरुमा डा. शालिकराम पौडेल, इन्दिरा अर्याल, नारायणबहादुर थापा, चिरन बराल, कपिल ज्ञवाली, चौतारे थारु, रामचन्द्र श्रेष्ठ, झविन्द्र थापा र बीरेन्द्र अग्रहरी रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।