६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

बेनी । भूकम्पले क्षति पुर्‍याएको रघुगंगा गाउँपालिका २ राखु भगवतीमा रहेको भगवती कोतमन्दिर ६ वर्ष पछि पुनर्निर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्त्व विभागबाट मन्दिरको पुनः निर्माण गरिएको हो ।

Advertisement

२०७२ सालको भूकम्पका कारण र पुरानो संरचनाका कारण जीर्ण बन्दै गएको मन्दिरको पुनर्निर्माण गरेर चिटिक्क पारिएको छ । पुन निर्माण गर्न विभागले ६९ लाख ३० हजार पाँच सय ६६ रुपियाँमा मिलीजुली किवेष्ट जेभीसँग ठेक्का सम्झौता गरेको थियो । मन्दिरलाई पुरानै स्वरुपमा पुन निर्माण गर्ने गरी मन्दिरको पूजा सञ्चालन तथा व्यवस्थापन समिति मार्फत प्रस्ताव तयार गरी विभागमा प्रस्ताव पेस गरिएकोमा सोही बमोजिम योजना छनौट भएर पुनः निर्माण गरिएको वडा अध्यक्ष रिम कटुवालले जानकारी दिए ।

उनका अनुसार, मन्दिरको मौलिकता जोगिने, आधुनिकता झल्कने गरी पूर्वाधार निर्माण गरिएको छ । कोतको पुन निर्माण पछि यस क्षेत्रको भ्रमणमा आउने आन्तरिक पर्यटनमा वृद्धि हुने उनले अपेक्षा गरे । मन्दिर पुन निर्माण गरिएको मन्दिरमा भुकम्प प्रतिरोधि प्रविधि अवलम्बन गरिएको छ भने र ढुङ्गा र काठकै सामाग्री प्रयोग गरिएको वडा अध्यक्ष कटुवालले बताए ।

जिल्लामा रहेका पुराना कोतमन्दिरहरुमा पर्ने यस भगवती कोत मन्दिरमा दसैँको अवसरमा विशेष पूजा हुने गर्छ । मन्दिरको पुरानै स्वरुपलाई जोगाउने र भूकम्प पतिरोधी प्रविधिलाई जोड दिएर मन्दिर पुनः निर्माण गरिएको पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिए ।

धवलागिरि आईसफल पदमार्गले समेटिएको मन्दिर स्थलबाट पवित्र कालिगण्डकी नदी, पुलाश्रम, पञ्चकोटसँगै अन्नपूर्ण र निलगिरी हिमाललाई नजिकबाट नियाल्न सकिने भएकाले यो क्षेत्रलाई धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्नतर्फ जोड दिइएको छ । कोतमन्दिरको इतिहास १७ औँ शताब्दीको विरासतसँग जोडिएको छ ।

तत्कालीन राखु भगवती र राखु पिप्लेकोे साझा कोतको रुपमा चिनिँदै आएको यो मन्दिरको इतिहास नेपाल एकीकरण हुनु अघिको तत्कालीन विभिन्न भुरे टाकुरे राजाहरु तथा १४ देखि १७ औँ शताब्दीका बाइसे चौबिसे राज्यका राजाहरूसँग जोडिएको पाइन्छ ।

ठाकुरप्रसाद आचार्य/गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार