१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

गुल्मी। ‘यो इस्मामा एमाले छ , म छु र म जस्ता धेरै एमालेहरु छन् । तर, गुटका नाममा यहाँ अरु कोही छिर्न पाउने छैन् ’– यो भनाई थियो नेकपा एमालेका सचिव गोकर्णराज बिष्टको । एमाले नफुट्नु अघिको केहि महिना पहिले गृह जिल्ला गुल्मी आएका उनले आफ्नै गाउँ इस्मा गाउँपालिका–४ दोहलीको एक कार्यक्रममा त्यस्तो अभिब्यक्ति दिएका थिए । जति बेला इस्मा सहित तमाम स्थानमा ओली समुहले धमाधम समाानान्तर कमिटि गठन गर्दै थियो र उसले गोकर्णराज बिष्टको विकल्पका रुपमा केन्द्रीय सदस्यमा इस्मा कै राजेन्द्र अर्याललाई चयन समेत गरि सकेको थियो । तर नेता, बिष्ट माधव समुहको समाानान्तर कमिटी गठनको पक्षमा देखिएका थिएनन् । त्यस्ताका दुबै पक्षले सदरमुकाम तम्घासमा युवाहरु उतारेर शक्ति प्रदर्शन गरेका थिए ।

Advertisement

ओली समुहका युवाहरुको भेलालाई नेता प्रदिपकुमार ज्ञवालीले सम्वोधन गरेका थिए भने माधव समुहका युवाहरुको भेलामा गोकर्णराज बिष्टले सम्वोधन गरेका थिए । भेलामा नेता बिष्टले ओली प्रबृत्तिको चर्को बिरोध गरे पनि नेकपा एमाले फुट्न नदिने कुरा मै जोड दिएका थिए । त्यस्तै अर्का नेता ज्ञवालीले ओली र उनी नेतृत्वको सरकारको बचाउ गरेका थिए ।तर अहिले दुबै नेताहरु नेकपा एमाले मै रहेका छन् र माधव समुहले बेग्लै पार्टी खोले पनि गुल्मीमा हाल सम्म रामकुमारी झाँक्री बाहेक अर्को कुनै एमाले नेता–कार्यकर्ता नेकपा ( एकिकृत समाजवादी )मा खुलेर लाग्न सकेका छैनन् ।

जिल्ला निर्वाचन अधिकारी माया कुँवरका अनुसार शुक्रबार सम्म एमाले बाट विजयी भएका स्थानीय तहका एक जना पनि जनप्रतिनिधी ( नेकपा समाजवादी ) रोज्न /सनाखत गर्न आएका छैनन् । यस हिसावले गुल्मीमा नेकपा एमाले उनै दुई नेता ज्ञवाली र बिष्टको पुर्ण पकड मै छ भन्ने बुझ्न सकिन्छ । तर हिजो माधव समुहमा रहेका एमाले नेता–कार्यकर्ताहरु अहिले पनि ओली प्रबृत्ती बिरुद्ध रुष्ट छन तर हिजो जस्तो त्यो रुष्टता अहिले बाहिर ल्याउन सकेका छैनन् । उनीहरु उकुस– मुकुस र दोधारमा छन् ।

जनप्रतिनिधिका हिसाबले एमालेमय गुल्मी
जिल्ला निर्वाचन अधिकारी माया कुँवरले दिएको विवरण अनुसार गुल्मीका २ नगरपालिका र १० गाउँपालिका सहित १२ वटा पालिकाहरु मध्ये ७ वटा पालिका प्रमुखमा एमालेका नेताहरु छन् । १० जना उपप्रमुख छन् । वडाध्यक्ष र वडा सदस्य २ सय ९७ जना सहित ३ सय ३० जना नेकपा एमालेका स्थानीय जनप्रतिनिधीहरु रहेका छन् । जिल्ला निर्वाचन अधिकारी कुँवर भन्छिन–‘ ति मध्ये एक जना पनि दल रोज्न आउनु भएको छैन् । ’

उनका अनुसार इस्मा गाउँपालिकामा गाउँपालिका प्रमुख उपप्रमुख , वडाध्यक्ष र वडा सदस्य २५ सहित २७ जना एमालेबाट विजयी जनप्रतिनिधी छन् । चन्द्रकोट गाउँपालिकामा एक जना उपप्रमुख , वडाध्यक्ष र वडा सदस्य २५ सहित २६ जना एमालेका जनप्रतिनिधी रहेका छन् । छत्रकोट गाउँपालिकामा प्रमुख, उपप्रमुख , वडाध्यक्ष र वडा सदस्य १८ सहित २० जना रहेका छन् । मदाने गाउँपालिकामा प्रमुख , उपप्रमुख , वडाध्यक्ष र वडा सदस्य ३० सहित ३२ जना रहेका छन् ।धुर्कोट गाउँपालिकामा ३ जना वडाध्यक्ष सहित १६ जना जनप्रतिनिधि रहेका छन।

मालिका गाउँपालिकामा पनि प्रमुख , उपप्रमुख , वडाध्यक्ष र वडा सदस्य सहित ३२ जना रहेका छन् । मुसिकोट नगरपालिकामा पनि दुबै प्रमुख पद सहित ४२ जना जनप्रतिनिधी नेकपा एमालेबाट विजयी भएका हुन् । रुरुक्षेत्र गाउँपालिकामा पनि दुबै प्रमुख पद सहित ४२ जना जनप्रतिनिधीहरु नेकपा एमालेका छन् । रेसुङ्गा नगरपालिकामा पनि दुबै प्रमुख पद सहित २७ जना रहेका छन् ।

सत्यवती गाउँपालिकामा उपप्रमुख सहित एमालेका ३१ जना जनप्रतिनिधीहरु नेकपा एमालेबाट विजयी भएका छन् । प्रतिनिधी सभामा पनि दुबै क्षेत्रबाट क्रमशः प्रदिपकुमार ज्ञवाली र गोकर्णराज बिष्ट नेकपा एमालेबाटै विजयी भएका हुन् । क्षेत्र नम्वर १ को‘ ख ’प्रदेशबाट एमाले नेता कमलराज श्रेष्ठ र क्षेत्र नम्वर २ को क पदेशबाट पनि एमाले कै खडक केसी प्रदेश सभामा विजयी भएका थिए ।

क्षेत्र नम्वर १ को ‘क’ प्रदेशबाट सुदर्शन बराल र क्षेत्र नम्वर २ को‘ ख’ प्रदेशबाट माओवादीबाटै दिनेश पन्थी विजयी भए पनि एमालेमा प्रवेश गरेका पन्थीको पद माओवादी केन्द्रले कार्बाही गरेर खोसिएको थियो । जिल्ला समन्व्य समितिमा पनि प्रमुख लक्ष्मण पराजुली सहितको पुरै समिति नेकपा एमाले कै रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित)