८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ जरेबर बस्ती खोला कटानले जोखिममा परेको छ। क्याङ्दी र बर खोलाको कटानले यो बस्ती जोखिममा परेको हो। केही दिनदेखि परेको अविरल वर्षाका कारण यी दुई खोला उर्लिएर जमिन कटान गर्दै बस्तीतर्फ सोझिएपछि स्थानीयवासी त्रसित बनेका छन् ।

Advertisement

यहाँका स्थानीयवासीले वर्षौंदेखि कटानको समस्या भोग्दै आएका छन्। कटान रोक्नलाई बृहत् तटबन्धन नहुँदा खोला बस्तीतर्फ आइरहेको स्थानीयवासी सानुमाया महतले जानकारी दिइन्। खोलाको कटानले यहाँका १० घर उच्च जोखिममा परेका छन्। यस ठाउँमा दुई दर्जनभन्दा बढी घर छन् ।

दुवैतर्फ खोलाले कटान गरेपछि बर खोलामा मोटरेबल पुल निर्माणमा खटिएको कामदार बसेको क्याम्पलाई सारिएको उनले बताइन्। “कामदार जरेबरको चौरमा क्याम्प बनाएर बसेका थिए । कटानले खाली जमिन सकिँदैछ । खोलाको बहाव घटेको छैन, कतिबेला के हुने हो, त्रासमा छौँ ”, उनले भनिन् ।

गत असारमा पनि दुवैतर्फ नदीले कटान गरेको थियो। बस्ती जोगाउन शुक्लागण्डकी नगरपालिकाले ४० थान जाली दिएको थियो। खोलालाई डाइभर्ट गराउन नसक्दा तटबन्धन गर्न नसकेको महतले बताइन्। बस्ती जोगाउनलाई बृहत् गुरुयोजना बनाएर तटबन्धन गर्नुपर्ने उनको सुझाव छ ।

यसैगरी, क्याङ्दी खोलाकै कटानले भिमाद नगरपालिका–८ अरौदीको बस्ती पनि जोखिममा परेको छ। क्याङ्दी खोलाको बहाव बस्तीतर्फ आएपछि जोखिम बढेको हो। कटानकै कारण चार घर विस्थापित भएको वडाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार अरौहीको बस्तीमा ६५ घरधुरीको बसोबास छ ।

अन्य घरपरिवार तत्कालै विस्थापित हुने अवस्था नरहे पनि पूरै बस्ती जोखिममा परेको श्रेष्ठले बताए। “असारमा बस्तीतिर नदी सोझिन थालेपछि नगरपालिकाको स्काभेटर लगाएर धार परिवर्तनको काम गरेका थियौँ। अहिले फेरि खोला बस्तीतिर सोझिएको छ”, उनले भने। अरौदीमा क्याङ्दी खोलाले क्याङ्दी मार्गको सडक पूरै बगाएको छ ।

असारमा कटान भएपछि केही समय ठूला सवारी चल्न सकेनन्। खोलाको धार परिवर्तन गरेपछि सवारी चलेको थियो। अहिले निरन्तर एक साता परेको अविरल वर्षाले खोला बढेर असारमा सडक कटान गरेकै ठाउँबाट बग्न थालेपछि भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका केही बस्ती पुनःयातायात सञ्जालबाट सम्पर्कविच्छेद भएका छन् । रासस

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’