९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

बुटवल । रोटरी क्लव अफ बुटवल वर्ष २०२१/२२ को दशौं र क्लबको १३८० औ नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा भर्चुअल रुपमा बसेको बैठकको एजेण्डा रोटरी इन्फर्मेशन रहेको थियो ।

बैठकमा रोटरी इन्फर्मेशनबारे जानकारी दिंदै रोटरी क्लब अफ पाटन साउथका पूर्व-अध्यक्ष दिनेश मानन्धरले रोटरीमा आपसी भाइचाराको सम्बन्ध स्थापित नगरीकन सेवा गर्न नसकिने बताए । रोटरी विशुद्ध सामाजिक संस्था रहेको र यसमा आवद्ध रोटरीयनहरुले आफू र आफ्नो परिवारभन्दा माथि उठेर सेवा गर्नुपर्नेमा उनले जोड दिए । जसले सेवा गर्न सक्छ, उसले नै रोटरीबाट फाइदा लिन सक्ने पनि मानन्धरले बताए ।

त्यस अवसरमा रोटरीयनहरु मणिरत्न पाण्डे, पुरन श्रेष्ठ लगायतले रोटरी सम्बन्धी विभिन्न जिज्ञासा तथा सुझाव राखेका थिए । बैठकमा क्लवका सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकले गरेका निर्णयहरुबारे जानकारी गराएका थिए । त्यस्तै बैठकमा रोटरीयन वासुदेव अर्याल, क्लवका पुर्व अध्यक्ष हुतानन्द खनाललगायतले पनि आफ्नो धारणा राखेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारको समर्थन आजै फिर्ता लिने तयारीमा माओवादी चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने