८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

फाईल फोटो

ललितपुर । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले पद प्राप्तिका लागि एमाले चोइटाउने खेल भइरहेकाले मिलेर अघि बढ्न आग्रह गरेका छन् । एमाले जिल्ला कमिटी ललितपुरले आयोजना गरेको ‘जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला’ मा उनले एमाले देश र जनताको हितमा सधैँ लागीरहने बताए । ज्ञवालीले अब पनि आर्थिकका साथै सामाजिक रुपान्तरणका लागि मिलेर अघि बढ्दा समृद्धि हासिल हुने बताए ।

वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले एमालेले सधै देश र जनताको हितमा काम गर्ने धारणा राखे । एमाले केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपालले गएको स्थानीय सरकारको चुनावमा आफूहरुले ७५ प्रतिशत विजय हासिल गरेकोले अरुले देख्न नसकेको बताए । “पार्टीलाई पुनः चुस्त र मजबुत बनाउन आवश्यक छ ”, उनले भने । कार्यक्रममा ललितपुर जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र जिल्ला सचिवालय सदस्य ब्रम्हानन्द श्रेष्ठ लगायतले पार्टी संगठन र समसामयिक राजनीतिका विषयमा धारणा राखेका थिए । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’