१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिगको २०२१–२२ सिजनका लागि म्यान्चेस्टर युनाइटेडमा ‘आइकोनिक’ ७ नम्बरको जर्सी लगाउने भएका छन् । युनाइटेडले विज्ञप्ति जारी गर्दै यस कुराको पुष्टि गरेको हो । रोनाल्डो हालै मात्र युभेन्टस छाडेर ओल्ड ट्राफोड फर्किएका हुन् ।

Advertisement

यसअघि एडिन्सन काभानीले सो जर्सी लगाउँदै आएका थिए । अब उनले २१ नम्बर जर्सी लगाउने गोल डटकमले जनाएको छ । ‘ओल्ड ट्राफोड फर्किएपछि क्रिस्टियानो रोनाल्डोले आइकोनिक नम्बर ७ जर्सी लगाउनेछन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि, रोनाल्डोले युनाइटेडमा रहँदा सोही नम्बरको जर्सी लगाएका थिए । सन् २००३ देखि २००९ बीच ६ सिजन युनाइटेडमा बिताउँदा रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए । यसक्रममा उनले नौ वटा उपाधि जितेका थिए जसमा तीन प्रिमियर लिग उपाधि र यूईएफए च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

युनाइटेडको इतिहासमा नम्बर ७ जर्सीको आफ्नै महत्त्व रहेको छ । यो जर्सीलाई क्लबमा जर्ज बेस्ट, ब्रायन रोबसन, एरिक क्यान्टोना र डेभिड बेकह्यामले लगाइसकेका छन् । बेकह्यामपछि यो जर्सी रोनाल्डोलाई दिइएको थियो ।

अन्तर्राष्ट्रिय ब्रेकपछि ११ सेप्टेम्बरमा न्युक्यासलविरुद्ध घरेलु मैदानमा हुने खेलमा रोनाल्डोले डेब्यू गर्न सक्ने क्लबको भनाइ छ ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा