ताजा अपडेट »

नेपाली काँग्रेस १४ औं महाधिवेशन : बुटवल-११ को अध्यक्षमा खत्री र मल्ल भिड्दै

विहीबार, १७ भदौ २०७८, १३ : ४७
74 Shares
विहीबार, १७ भदौ २०७८
74 Shares

बुटवल । भदौ १८ गतेलाई तय भएको नेपाली काँग्रेसको १४ औ महाधिवेशनसंगै उम्मेदवारी घोषणा शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा ११ मा नेतृत्वका लागि जितबहादुर मल्ल र दुर्गा बहादुर खत्रीले घोषणा गरेका छन् । वडामा निरन्तर एकलौटी नेतृत्व गर्दै आएका चित्र बहादुर वर्मा पक्षका दुर्गा बहादुर खत्रीका बिरुद्ध मल्लले उम्मेदवारी दिएका हुन् ।

विहिबार उम्मेदवारी घोषणा तथा पत्रकार सम्मेलन आयोजना गरि अध्यक्षका उम्मेदवार जित बहादुर मल्लले नेपाली काँग्रेस पार्टीको राष्ट्रियता, लोकतन्त्र र समाजवाद अवलम्बन गरि अघि बढ्ने प्रतिवद्धता जनाए । धेरै लामोसमयपछि महाधिवेसन हुन गैरहेको बेला नेपाली काग्रेसको वडास्तरमा गुठबन्दी रुपमा उम्मेदवारी घोषणा नभई पार्टीको नीति अनुसार गएको उनले दाबी गरे ।

काग्रेस कार्यकर्ताहरुको भावना अनुसार आफू अगाडि बढेको उनले बताए । वडामा अध्यक्षका आकाक्षीहरु नेत्र भट्टराई, मुक्ति प्रसाद भट्टराई, बालकृष्ण अर्याल जस्ता दिग्गज ब्यक्तिहरु सहमतिमा जान तयार हुँदाहुँदै एक्कासी घोषणा गरिएको उनले बताए । आफूहरुको गुठको भेला नभएर सबैलाई समेटेर अगाडि बढाउन खोजेको उनले दाबी गरे ।

कार्यक्रममा कदर बहादुर रिता रायमाझी विद्यालयका पुर्व अध्यक्ष तथा समाजसेवी कदर बहादुर रायमाझी, पुर्व सभापति भिम राना, युवा नेता प्रकाश राना, मुक्ति प्रसाद भट्टराई, लक्ष्मी गौतमले पार्टीमा नयाँ र युवा नेतृत्वको आवश्यकता अनुसार पार्टीलाई अब्बल बनाउने लक्ष्यसहित मल्ललाई अगाडि सारिएको बताए ।

यसअघि बुधबार घोषणा सभाको आयोजना गरि दुर्गाबहादुर खत्रीले एकल अध्यक्षको उम्मेदबारी घोषणा गरेका थिए । आगामी जिल्ला सभापतिको उम्मेदवार मानिएका रामकृष्ण खाँणको आशिर्वादमा खत्री चुनावीप्रचार अगाडि बढाएका छन् । लामो समय कुनै एक नेताको आशिर्वादमा नेतृत्व गरिरहनु गलत भएको अर्को पक्षका नेता कार्यकर्ताहरुले टिप्पणी गर्ने गरेका छन् ।

अध्यक्ष पदमा कुल बहादुर केसी, सावित्रा टण्डन समेत गरि ७ जना उम्मेदवारका आकाक्षी रहेका छन् । धेरै जनसंख्या रहेको वडाको निर्वाचनले ३० जना खुल्ला, आदिबासी जनजाती, महिलासहित ७५ जना क्षेत्रीय प्रतिनिधि चयन गर्ने छन् । वडा नम्बर ११ मा कुल ७ सय ५३ जना क्रियाशिल सदस्य रहेका छन् । रुपन्देही जिल्लामा १ सय ५५ वडामा अध्यक्षका लागि निर्वाचन हुँदै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।