ताजा अपडेट »

रुपन्देहीका १ सय ५५ वडामा अधिवेशनको तयारी तिव्र

बुधबार, १६ भदौ २०७८, १७ : ३५
4 Shares

भैरहवा । नेपाली काङ्ग्रेस रुपन्देही पार्टीको १४ औं महाधिवेसनको तयारी तिव्र बनाएको छ । पार्टीको १४ औं महाधिवेसन यहि भाद्र १८ गते वडा अधिवेसन संगै सुरु हुँदै छ । भाद्र १८ गते वडा स्तरको निर्वाचनको तयारी तिव्र पारिएको छ । केन्द्रले जिल्ला स्तरको निर्वाचन सम्पन्न गर्न रुपन्देहीमा प्रमुख निर्वाचन अधिकृत खटाएको छ । रुपन्देहीमा निर्वाचन सम्पन्न गराउन भेषराज घिमिरे खटिएका छन् ।

अधिवेसनको तयारी, निर्वाचन निर्देशिका तथा कार्यबिधी बारे काङ्ग्रेस रुपन्देहीले बुधबार पार्टी कार्यालय भैरहमा जिल्लाका १ सय ५५ वडा सभापति, पालिका, क्षेत्रीय सभापतिहरुलाइ प्रशिक्षण दिएको छ । रुपन्देहीका १ सय ५५ वडा समितिहरुमा भोली देखी नै १ सय ५५ जना निर्वाचन अधिकृतहरु खटिदै छन् ।

रुपन्देहीमा महाधिवेशनक लागी केन्द्रिबाट खटिएका निर्वाचन अधिकृत भेषराज घिमिरेले निर्वाचन समिति अधिवेसनको लागी तयारिमा लागेको र बिहिबार सम्ममा सबै वडाहरुमा निर्वाचन अधिकृत खटाइएने बताए । निर्वाचन समितिले स्थानिय स्तरमा सहकार्य गरि अधिवेसन गरिने र १८ गते सम्पन्न हुन नसकेका स्थानमा सहमतिमा अर्को दिन पनि निर्वाचन हुन सक्ने बताए ।

काङ्ग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जिल्लामा सर्वसम्मत नेतृत्व चयनकोलागी अधिकत प्रयत्न गरिने बताए । अधिवेशन गर्न परे सामाजिक दुरी र स्वास्थ्य मापदण्ड मापलन गरेर नै अधिवेशन सम्पन्न गरिने उनले बताए । रज्जाकले वडा तहमा खटिने निर्वाचनकर्मिहरुलाइ सहयोग गर्न आग्रह गरे । उनने वडा तह बलियो भएमा पार्टी बलियो हुने हुँदा बिबाद रहित तवरले अधिवेसन हुनु पर्नेमा जोड दिए ।

रुपन्देहीमा १ सय ५५ वडामा करिब २३ हजार कांग्रेसका क्रियाशिल सदस्य रहेका छन् । वडा तहका निर्वाचनमा वडा समिति संगै नगर÷गाउ, क्षेत्र, जिल्ला कार्यसमितिमा प्रतिनिधित्व चयन गर्ने गरि क्षेत्रिय प्रतिनिधिको लागी निर्वाचन हुने कार्यक्रम रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।