ताजा अपडेट »

एमाले नेता घिमिरेको आरोप- 'माधव नेपाल पद र पावरका लागि मरिहत्ते गर्ने प्राणी'

सोमबार, १४ भदौ २०७८, १३ : ०९
14 Shares

अर्घाखाँची । नेकपा (एमाले) का नेता रामजीप्रसाद घिमिरेले माधव कुमार नेपाल पद र पावरका लागि मरिहत्ते गर्ने प्राणी रहेको आरोप लगाएका छन । घिमिरेले सोमबार सामाजिक सन्जाल मार्फत यस्तो आरोप लगाएका हुन् ।

लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेका घिमिरेले माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी)लाई क्लबको संज्ञा दिएका छन् । उनले लेखेका छन्, 'माधव नेपाल पदका लागि मरिहत्ते गर्ने, पद र पावर बिना बाच्नै नसक्ने प्राणी हुन भन्ने पुन पुष्टि भएको छ । "एकीकृत समाजवादी क्लबका अध्यक्ष तथा निस्काशीत सांसदहरूको संसदीय दलका नेता" कठैबरा !'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।