Sep 27, 2023
गुल्मी । गुल्मीमा गाई चराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–२ सैरे बस्ने १८ वर्षका बिक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आइतवार दिउँसो जंगलमा गाई चराउने क्रममा आफैले ओडेको छाताले बिजुलीको तार छोइएर करेन्ट लागेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्