६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

एजेन्सी । अर्जेन्टिनी फुटबल टिमका कप्तान लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट आज डेब्यु गर्ने भएका छन् ।पिएसजीले लिगको चौथो खेलमा आज राइम्सविरुद्ध खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यरात १२:३० बजे हुनेछ ।

Advertisement

लियोनल मेस्सीलाई समावेश गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेइम्सविरुद्ध खेल्ने टिम घोषणा गरेको छ। पीएसजीले घोषणा गरेको २२ सदस्यीय टिममा मेस्सी अटाएका हुन्। अर्जेन्टिनाका कप्तान मेस्सीले अघिल्ला तीन खेलमा मौका पाएका थिएनन् । मेस्सीसँगै केलियन एमबाप्पे, नेयमार पनि टिममा रहेका छन्। पिएसजीमा पहिलो पटक तीनै स्टार एकसाथ मैदानमा देखिने भएका छन् ।

मेस्सी पीएसजीमा अनुबन्ध भएपछि फ्रेन्च क्लबमा नयाँ ‘अट्याकिङ ट्रिओ’ बनेको छ । पीएसजीमा मेस्सी, एमबाप्पे र नेयमारको ‘एमएमएन’ को ‘ट्रिओ’ बनेको छ  । यो ‘ट्रिओ’लाई विश्व फुटबलकै उत्कृष्ट आक्रामक अग्रपंक्तिको रुपमा आंकलन गरिएको छ । शिक्षक माउरिसियो पोचेटिनोले मेस्सी पहिलो पटक पिएसजीको टोलीमा हुने पक्का गरेका छन् । तर उनी सुरुवातबाट खेल्छन् वा बेन्चमा रहन्छन् भन्ने यकिन भएको छैन । 

अगस्ट १० मा अनुबन्धित भएका मेस्सीले हालसम्म कुनै खेलमा टोलीमा स्थान बनाएका छैनन् । उनको म्याच फिटनेस नभएका कारण नै उनलाई तयार हुन समय दिइएको प्रशिक्षक पोचेटिनोले बताउँदै आएका छन् । मेस्सीले कोपा अमेरिका उपाधि जितेपछि झन्डै एक महिना विश्राम लिएका थिए । पिएसजीमा अनुबन्धित भएपछि भने उनी पछिल्लो दुई सातायता नियमित प्रशिक्षणमा छन् ।

झन्डै डेढ महिनायता प्रतिस्पर्धात्मक खेल नखेलेका कारण पनि मेस्सीले आज पूरा समय नखेल्ने सम्भावना छ । उनी दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै डेब्यु गर्न पनि सक्छन् । पिएसजीले नेयमार र मेस्सीबिना पनि लिगको सुरुवाती तीन खेलमा शत प्रतिशत जितको सुरुवात गरेको छ । एम्बापपेले तीनै खेलमा प्रभावशाली प्रदर्शन गरेका छन् ।

राइम्सले यस सिजन खेलेका तीनै खेलमा बराबरी खेल्दै ३ अंक जोडेको छ । पिएसजी भने ९ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी