Apr 2, 2023
बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १४६ जनाको कोरोना परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १९ जना, तिलोत्तमा नगरपालिकामा १५ जना, सैनमैना नगरपालिकामा ५ जना, देवदह नगरपालिकामा ३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिका र सियारी गाउँपालिकामा १–१ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएकोे स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा ५२६ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४०८ रहेको छन्।
प्रतिकृया दिनुहोस्