Dec 1, 2023
बुटवल । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले पछिल्लो २४ घण्टादेखिको अविरल वर्षा र बाढीबाट ग्रस्त क्षेत्रमा सुरक्षित भएर सूचना प्रवाहमा लाग्न आग्रह गरेको छ । महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले शुक्रबार विज्ञप्ती जारी गर्दै विपदको यो अवस्थामा सुरक्षित भएर सुचना प्रवाहमा लाग्न आग्रह गरेका हुन् ।
महासंघले लगातारको वर्षा र बाढीले धेरै संचारकर्मी र संचार संस्थाहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जनाउँदै क्षतिको विवरण संकलन गरि प्रभावित संचारकर्मी र संचार संस्थाहरुलाई राहातको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।
यस्तै, पत्रकार महासंघले बाढीबाट घरवारविहिन भएका नागरिकहरुलाई तत्काल राहत उपलव्ध गराउर्दै राज्यको अभिभावकीय भुमिका खेल्न तिनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिकृया दिनुहोस्